add

नेकपाले दियाे हाेम आइसाेलेशनमा बसेका संक्रमितलाई स्वास्थ्य सामग्री






ActPro Nepal

|

२९ साउन, २०७७

|
1068

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी विराटनगर–८ ले काेराेना संक्रमित भएर होम आइसोलेशनमा रहेकालाई स्वास्थ्य सामग्री र घरेलु औषधि वितरण गरेको छ ।

बुधबार संक्रमित बसेको घरमा पुगेर स्यानेटाइजर, मास्क, पाञ्जा वितरण गरिएको वडा कमिटी अध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । घरेलु औषधि गुर्जाे, दालचिनी, अदुवा, बेसार वितरण गरिएकाे उहाँले बताउनुभयाे । उहाँका अनुसार संक्रमित बसेको घरलाई निर्मलीकरण समेत गरिएको थियो ।

विराटनगर–८ मा १७ जना संक्रमित होमआइसोलेशनमा छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको वडा सहइञ्चार्ज सरस्वती ओझाले बताउनुभयो ।
स्वास्थ्य सामग्री र घरेलु औषधि वडाकमिटी सदस्य भुवन राजवंशी, पवित्रा रायलगायतले वितरण गर्नुभएको थियो ।–रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.