add

नेत्रविक्रम चन्द समूहका १३ कार्यकर्ता पक्राउ






ActPro Nepal

|

२९ साउन, २०७७

|
603

कर्णाली। प्रहरीले नेत्रविक्रम चन्द समूहका नेता/कार्यकर्तालाई धमाधम पक्राउ गर्न थालेको छ।

प्रदेश प्रहरी कार्यालयका अनुसार केही दिनयता रुकुम पश्चिमबाट चार, जुम्लाबाट तीन, सुर्खेत, सल्यानबाट दुई/दुई, दैलेख र डोल्पाबाट एक/एक गरी १३ जनालाई पक्राउ गरिएको हो।

सुर्खेतको भेरीगङ्गा नगरपालिका-९ जहरेबाट कर्णबहादुर बिसी र सहवीर महरलाई प्रहरीले पक्राउ गरेको छ। दुवैजना सोही समूहको जिल्ला कमिटी सदस्य रहेको बताइएको छ।

प्रदेश प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले उनीहरूको साथबाट साथबाट विभिन्न दस्तावेज, निर्माण व्यवसायीलाई आर्थिक सहयोगको लागि लेखिएका पत्र तथा रकम असुल गरेका अर्धकट्टीसमेत बरामद गरिएको बताए।

रुकुम पश्चिमका जिल्ला सेक्रेटरी हीरामणि रावलसहित चारजना कार्यकर्तालाई आठबीसकोट नगरपालिकाको राडीबजारबाट पक्राउ गरिएको छ।

रावलसहित विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रेमप्रशान्त बोहरा, समूहका जिल्ला सदस्य घमण्ड महर र कार्यकर्ता तुलबहादुर घर्ती पक्राउ परेका हुन्। 

त्यस्तै, दैलेखको आठबीस नगरपालिका-६ का उदय विक, मुगुको सोरु गाउँपालिका-६ निवासी जिल्ला सेक्रेटरी रामबहादुर भाम, जुम्लाको हिमा गाउँपालिका-७ निवासी जिल्ला सदस्य नन्द तिवारी र सोही गाउँपालिकाकी सपना बुढा पक्राउ परेका छन्।

जुम्लाको गोठीचौर गाउँपालिका-१ का सूर्य महतारा, सल्यान बागचौर नगरपालिका-४ का मोहन केसी र सोही नगरपालिका-२ का सेजन चन्द पक्राउ गरिएको प्रदेश प्रहरीले जनाएको छ । 

पक्राउ परेकामध्ये सल्यानबाट एकजनालाई छाडिएको छ भने दैलेखका एक, सल्यानका एक, रुकुम पश्चिमका चार र डोल्पाका एकजनालाई मुद्दा दर्ता गरिएको छ।

प्रदेश प्रहरी प्रवक्ता बास्तोलाले उनीहरूलाई सार्वजनिक हित, स्वास्थ्य सुविधा र अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरिएको जानकारी दिए।-रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.