add

युवाहरूलाई प्रधानमन्त्रीले भने- सरकार तपाईंहरूको साथमा छ






ActPro Nepal

|

२८ साउन, २०७७

|
565

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका लागि बाध्यताले बाहिर जाने अवस्थाकाे अन्त्य गरिने बताउनु भएकाे छ ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बुधबार भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युवा शक्तिलाई देशमै पर्याप्त रोजगारीको व्यवस्था गरेर देशविकासमा लगाउन सरकार क्रियाशील रहेको बताउनुभयाे ।

तीन करोड जनसंख्या भएको देशका २६ लाख युवा बाहिर हुनु खुसीको कुरा नभएको  भन्दै उहाँले  युवा जनशक्तिलाई देश विकासको लागि समुचित ढंगले प्रयाेग गर्न नसकिएकाे पनि बताउनुभयाे ।   

युवालाई विदेशिनबाट रोक्न सरकारले  ठोस प्रयास गरिरहेको बताउँदै उहाँले  केही वर्षभित्रै बाध्यतामा बाहिर जाने अवस्थाको अन्त्य गर्ने रणनीति सरकारले बनाइरहेको जानकारी दिनुभयाे ।

'देश बनाउने मुख्य जनशक्ति नै बाहिर जानु अवश्य नै खुसीको कुरा होइन, त्यसकारण हामीले यस दिशामा ठोस प्रयास अगाडि बढाएका छौं,  केही वर्षभित्र रोजगारीका लागि, छनौटका हिसाबले बाहिर जानु बेग्लै कुरा हो, बाध्यताले बाहिर जाने स्थितिलाई अन्त्य गर्ने रणनीतिका साथ सरकार काम गरिरहेको छ‘-उहाँले भन्नुभयाे ।

अहिले ४० प्रतशत युवाहरुले स्थानीय तहमा प्रतिनिधित्व गरिरहेको भन्दै उहाँले त्यो भन्दा केही कम प्रदेश र संघीय तहमा प्रतिनिधित्व युवाबाट भएको जानकारी दिनुभयाे । यो प्रतिशतलाई बढाउदै लैजाने पनि उहाँले बताउनुभयाे ।

युवाहरुलाई अगाडि बढ्न आग्रह गर्दै उहाँले सरकार युवाहरूकाे  साथमा रहेकाे बताउँनुभयाे । युवाकाे साथबिना सरकार पनि सफल हुन नसक्ने उहाँकाे भनाइ छ । ‘सरकार साथमा छ, अभिभावकत्व ग्रहण गर्न, साथ सहयोग गर्न सरकार दत्तचित्त छ’-उहाँले भन्नुभयाे  ।

सामाजिक जागरण र नीति निर्माणका तहमा समानुपातिक सहभागीता गराइएकाे भन्दै उहाँले भन्नुभयाे - ' सरकारले युवाहरुका लागि विभिन्न तहबाट विभिन्न कार्यक्रम सञ्चालन गरकाे छ, युवा स्वरोजगार, युवापरिषद् रोजगार र सहयोगका कार्यक्रम गरेकाे छ, त्यसका लागि ७६ अर्व बजेटसमेत छुट्याएकाे छ ।'


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.