add

निजी अस्पतालहरूलाई पनि आइसोलेसन बनाउन प्रदेश १ का मुख्यमन्त्रीको सुझाव






ActPro Nepal

|

२८ साउन, २०७७

|
651

काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारको लागि गर्नुपर्ने थप कामको विषयमा सरोकारवाला पक्षहरूसँग परामर्श गरेका छन्। 

भर्चुअल बैठकमा प्रदेशका मन्त्रीसहित स्वास्थ्य क्षेत्रका विज्ञ कोरोना भाइरस बढी संक्रमण देखिएका जिल्लाका जनप्रतिनिधि, प्रमुख जिल्ला  अधिकारी, सुरक्षाकर्मी र उद्योगी व्यवसायीहरूको सहभागिता रहेको थियो। 

विज्ञ र सरोकारवाला पक्षहरूले आवश्यकता, समन्वय गरेर कोरोना संक्रमणको जोखिम रहेको ठाउँ अनुसार मात्र लकडाउन गर्नुपर्ने सुझाव दिए । मुख्यमन्त्रि राईले सुझावको आधारमा थप कदम चालिने बताए। 

राईले कोभिड-१९ नियन्त्रणमा तीनै तहबीचको समन्वयमा जोड दिए। 

झापा, मोरङ, सुनसरी, उदयपुरका प्रमुख जिल्ला अधिकारीहरूले आफ्नो जिल्लाको संक्रमणको अवस्था र नियन्त्रणको लागि भएगरेका कामको बारेमा जानकारी गराए। उद्योगी व्यवसायीहरूले निजी अस्पताल र होटलहरूलाई पनि आइसोलेसन बनाउन सुझाव दिएका दिएका छन्। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.