काठमाडौं । संघीय संसदमा हिन्दी भाषामा आफ्नो भनाई राख्दै सांसद सरिता गिरीले देशको नक्सा सार्वजनिक गर्ने कार्यमा भारत र चीनलाई नसोधि गर्न नहुने अभिव्यक्ति दिएपछि नेपाल तरुण दलले बिरोध जनाएको छ ।
देशभर भारतले नेपाली भूभाग प्रयोग गरेर बनाएको सडकखण्डका बारेमा ब्यापक आलोचना र बिरोध भइरहेको बेला एक टेलिभिजन अन्तरवार्तामा गिरीले आफनो पदीय मर्यादा विपरीत नेपालका भूमिहरु लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नेपालका होईनन भनेर दिएको अभिव्यक्ति प्रति नेपाल तरुण दल केन्द्रिय समितिको गम्भीर ध्यान आकर्षण भएको जनाएको हो ।
अध्यक्ष जितजगं बस्नेतले एक विज्ञप्ती जारी गर्दै गिरीको उक्त विवादास्पद अभिव्यक्तिको कडा शब्दमा भ्रत्सना गरेका छन् ।
कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको अविभाज्य भुभाग रहेको र उक्त भूभागमा भारतले गरेको अतिक्रमणका बिरुद्ध सारा नेपालीले बोल्नुपर्ने बेला संसद जस्तो गरिमामय पदमा बसेको व्यक्तिले संसदमै गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै बस्नेतले अपत्ती जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ । हालसालै एक टेलिभिजन अन्तरवार्तामा संघीय सांसद सरिता गिरीले आफनो पदीय मर्यादा विपरीत नेपालका भूमिहरु लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नेपालका होईनन भनेर दिएको अभिव्यक्ति प्रति नेपाल तरुण दल केन्द्रिय समितिको गम्भीर ध्यान आकर्षण भएको छ । अतिक्रमित भूमि नेपालको नक्सामा समावेश गरी निशान छाप सच्याउनका लागि आवश्यक संविधान संशोधन गर्नुपर्ने भएको हुनाले त्यसका लागि नेपाली काँग्रेस पार्टीको केन्द्रिय कार्यसमितिको बैठक बसी संविधान संशोधनको पक्षमा मतदान गर्ने संस्थागत निर्णय गरेको यहाँहरु सम्पूर्णमा सर्वबिदितै छ ।
यसरी संविधान संशोधन प्रक्रिया चलिरहेको अवस्थामा निज सांसदले उक्त भूमि नेपालको नभएको भनी सार्वजनिक रुपमा टेलिभिजन मार्फत अन्तरवार्ता दिनु मुलुकको स्वतन्त्रता, राष्ट्रिय अखण्डता, स्वाभिमान, राष्ट्रिय एकता विरुद्धको अभिव्यक्ति भएको नेपाल तरुण दलको ठहर छ ।
ईतिहास देखि पुर्खाहरुले बचाएको एक ईन्च भूमि पनि अतिक्रमण भएमा नेपाल तरुण दललाई मान्य नहुने जानकारी दिँदै राष्ट्रियताको सवालमा नेपाल तरुण दलले कसैसंग पनि सम्झौता नगर्ने स्पष्ट गर्न चाहन्छ । सांसद सरिता गिरीले संसदमा नेपालको राष्ट्रिय गौरवको रुपमा रहेको नेपाली सेनाको विषयमा विवादास्पद अभिव्यक्ति दिएको तर्फ समेत नेपाल तरुण दलको ध्यान आकर्षण भएको छ । नेपाल तरुण दलले यस्ता अभिव्यक्ति सच्याउन जोड्दार माग गर्दछ ।
साथै केपी ओली नेतृत्वको नेकपाको सरकार, सभामुख तथा सम्बन्धित संस्थाहरु राष्ट्रियताको विषयमा झण्डै तीन करोड नेपाली जनतालाई चोट पर्ने गरी बोलेकोमा संसद पदबाट निलम्बन गर्ने देखि हदै सम्मको कारबाही गर्ने प्रक्रिया थाल्नुको सट्टा मौन बस्नु नेपाल तरुण दललाई असहिए भएको छ । उक्त राष्ट्रघाती सांसदलाई तत्काल पदमुक्त गरी कारबाही गर्न माग गर्दै यस्ता अराष्ट्रिय तत्वहरुलाई कारबाहीको लागि जोड्दार माग गर्दछ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।