add

अलबिदा रुद्रप्रसाद ढुँगेल…






ActPro Nepal

|

६ जेठ, २०७७

|
935

काठमाडौँ । नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा रुद्रप्रसाद ढुँगेलको सोमबार निधन भएको छ । उहाँको काठमाडौँ कुलेश्वर स्थित आफ्नै निवासमा ८२ वर्षको उमेरमा निधन भएको हो ।  

रामेछाप खाँडादेवी गाउँपालिका–५ निवासी काँग्रेस नेता ढुँगेलले पञ्चायत विरुद्धको आन्दोलनको क्रममा ८ वर्ष निर्वासित जीवन बिताउनु भएको थियो ।

नेपाली काँग्रेसको नेतृत्वमा तत्कालीन मेलुङ  तथा चरिकोट अड्डामा भएको आक्रमणमा समेत उहाँ सहभागि हुनुभएको थियो । ढुंगेलले रामेछापको बडाहाकिम अड्डामा समेत बम हान्नुभएको थियो ।

उहाँ पद्मशंकर अधिकारीले नेतृत्व गरेको काँग्रेसको लडाकु दलमा सहभागि हुनुहुन्थ्यो ।

पञ्चालयत विरुद्धको आन्दोलनमा पटक–पटक जेल जीवन बिताउनुभएका ढुंगेल छाती तथा मृगौला रोगबाट ग्रसित हुनुहुन्थ्यो । उहाँका पत्नी र एक छोरा हुनुहुन्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.