add

बामदेवलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने सचिवालय बैठकको निर्णय






ActPro Nepal

|

२० वैशाख, २०७७

|
988

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

उनलाई  पाल्पा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचनमा अघि सारेर प्रतिनिधिसभा मार्फत् सांसद बनाएर सरकारमा लैजाने सहमति भएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाल कम्यसनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा यस विषयमा छलफल भइरहेको बताइन्छ । यसै प्रावधान अनुसार वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने तयारी भइरहेको छ ।

पाल्पा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद दलबहादुर रानालाई राजिनामा गर्न लगाएर उक्त क्षेत्रबाट गौतमलाई निर्वाचित गराउनेसम्मको तयारी भएको बताइएको छ । नेकपा महासचिव तथा प्रधामन्त्रीका विश्वासपात्र विष्णु पौडेलले गौतमलाई यसरी प्रतिनिधि सभामा लैजाने तारतम्य मिलाएपछि ओलीको पक्षमा उभिएको बताइएको छ ।

यसैबीच सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेका छन् । साथै उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय भएको हाे ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.