add

जापान सरकारद्धारा वरिष्ठ नेता पौडेललाई ‘द ऑर्डर ऑफ द राइजिंग सन’ विभुषण प्रदान






ActPro Nepal

|

१८ वैशाख, २०७७

|
5168

काठमाडौ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले (‘द ऑर्डर ऑफ द राइजिंग सन’ ) उत्कृष्ट विभुषण प्रदान गरेको छ ।

जापान सरकारले विहिवार वरिष्ठ नेता पौडेललाई सो विभुषण प्रदान गर्ने निर्णय गरेको नेपाल स्थित जापानी दुतावासले जनाएको छ । 

जापान सरकारले प्रदान गर्ने ग्राण्ड कार्डन अफ दि अर्डर अफ  दि राईजिङ सन अवार्ड पौडेललाई प्रदान गरेको हो । पौडेललाई नेपाल जापान बीचको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको सम्मानको सो अवार्ड दिइएको बताइएको छ ।

त्यसैगरि पौडेलले प्रतिनीधिसभाको सभामुख भएका बेलामा जापान नेपाल फ्रन्डशिप पार्लमेन्टेरियन कमिटि गठन गरेर सांसदहरुका बीचमा अनुभव साटासाट गर्न भूमिका खेलेकाले जापान सरकारले सो अवार्ड प्रदान गरेको दुतावासले जनाएको छ ।   

‘द ऑर्डर ऑफ द राइजिंग सन’ जापान सरकारले १८७५ मा सुरु गरेको राष्ट्रिय पुरस्कर हो ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.