add

गृहमन्त्रीको निर्देशन- स्वास्थ्य परीक्षणमा विशेष ध्यान दिनुस‍्






ActPro Nepal

|

१८ वैशाख, २०७७

|
871

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले भारतबाट मालसामान लिएर आउने गाडीका चालक तथा सहचालकको स्वास्थ्य परीक्षणलाई थप चुस्त पार्नुपर्ने बताएका छन् ।

बुधबार काठाडौंमा तीनवटै सुरक्षा निकायका प्रमुख तथा उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको छलफलमा मन्त्री थापाले सुरक्षा व्यवस्था चुस्त पार्न र लकडाउनलाई पूर्ण कार्यान्वयन गराउन निर्देशन दिए ।

बैठकमा कोरोना सङ्क्रमण र सुरक्षा स्थितिको बारेमा हालसम्म भए गरेका गतिविधिको बारेमा समीक्षा भएको थियो । सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीले हालसम्मको अवस्थाबारे गृहमन्त्री थापालाई जानकारी गराएका थिए ।

बैठकमा गृहमन्त्री थापाले मुलुकमा अपनाइएको उपयुक्त रणनीतिका कारण कोरोनालाई जित्दै गएको दाबी गर्दै दीर्घकालीन योजनाका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

'वर्तमान परिस्थितिमा विश्वव्यापी रणनीतिसँग तालमेल गर्दै जानुपर्ने आवश्यकता छ, कोभिड–१९ तीन-चार वर्षसम्म पनि जान सक्छ, त्यसैले हाम्रो रणनीति दीर्घकालीन योजनाका साथ आउनुपर्छ', निर्देशनका क्रममा गृहमन्त्री थापाले भने ।

उनले कोभिड–१९ बाट प्रभावित भएको उद्योग, व्यापार उकास्न अझै नयाँ योजनाको खाँचो रहेको औँल्याए ।

सशस्त्रको सुरक्षाको चौकीलाई स्थायी बनाउनुपर्ने

गृहमन्त्री थापाले अहिले दक्षिणी नाकामा कोभिड–१९ को जोखिम बढेपछि थप सशस्त्र प्रहरी परिचालन गरिएको जानकारी गराउँदै थपिएको सशस्त्रको अस्थायी चौकीलाई स्थायी बनाउनुपर्ने बताए । यसका लागि गृह मन्त्रालयले आवश्यक भूमिका खेल्ने उनको भनाइ थियो ।

गृहमन्त्री थापाको पहलमा अघिल्लो महिना १२२ वटा रहेको सशस्त्र प्रहरीको सीमा निगरानी चौकीलाई बढाएर हाल एक हजार २१३ पुर्‍याइएको छ । सीमावर्ती क्षेत्रमा १४ हजार सशस्त्र प्रहरीको फौज रहेकामा अहिले २२ हजार ५०० पुर्‍याइएको छ । छलफलका क्रममा मन्त्री थापाले सशस्त्र प्रहरीको भूमिका अझै बढाउनुपर्नेमा जोड दिए ।

लकडाउनलाई थप कडाइका साथ पालनामा गराउनका लागि सबै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिँदै उनले बाढी, पहिरो, भूक्षयको नियन्त्रण र रोकथामका लागि तयारीमा लाग्नसमेत आग्रह गरे ।

सामाजिक अपराध, घरेलु हिंसा आत्महत्यालगायत आपराधिक क्रियाकलाप नियन्त्रणमा ध्यान दिनसमेत उनले सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए ।रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.