add

दुबै पक्षले आ–आफ्नो अडान लिएपछि नेकपा बैठक निष्कर्षबिहीन






ActPro Nepal

|

१७ वैशाख, २०७७

|
1305

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा पार्टीको आन्तरिक विवादबारे छलफल भएको छ। बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा विवादबारे छलफल भएको हो। तर नेकपाको बैठक बिना निष्कर्ष टुंगिएको छ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आन्तरिक समस्या, एकताको सुदृढिकरणको महत्व र स्थायी कमिटीबारेमा छलफल भएको छ। उनका अनुसार अब नेकपाको २० गते बस्ने सचिवालय बैठकले स्थायी कमिटीको बैठकबारे टुंगो लगाउनेछ।

पछिल्लो समय सत्तारुढ नेकपाभित्रको आन्तरिक विवादले जटिल मोड लिएको छ। खासगरी अध्यादेश जारी तथा फिर्ता प्रकरणपछि पार्टीभित्र विवाद र गुटबन्दी चर्केको हो।

अध्यक्ष तथा केपी शर्मा ओलीको विकल्प खोज्‍न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम समूह एकै ठाउँमा उभिएपछि यो समिकरणलाई जसरी नै भत्काउने प्रयासमा बालुवाटार जुटेको छ।

स्थायी समितिको बैठक बोलाउन र त्यसमै ओलीको विकल्पबारे छलफल गर्न प्रचण्ड, माधव, झलनाथ र गौतम समूह सक्रिय भएपछि ओली पक्ष स्थायी समितिलाई जसरी पनि टार्ने रणनीतिमा छ। प्रचण्ड र नेपाल समूहका २० सदस्यले यही वैशाख १० मा दुवै अध्यक्षलाई पत्र लेखेर स्थायी कमिटी बैठक बोलाउन माग गरेका थिए।

ओलीले मिलेर अघि बढ्ने प्रस्तावसहित प्रचण्ड र माधव नेपाल दुवै समूहलाई फकाउने प्रयास गरेका थिए। त्यसका लागि उनले नेपाल र प्रचणडसँग भेटेर पटकपटक छलफल पनि गरेका थिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.