add

राजनैतिक परिस्थितिबारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै






ActPro Nepal

|

१७ वैशाख, २०७७

|
972

काठमाडौं । सतारुढ पार्टी नेकपाभित्र नेताहरुबीच देखिएको पछिल्लो राजनैतिक परिस्थितिबारे छलफल गर्न बुधबार औपचारिक बैठक बस्दै छ ।

त्यसका लागि नेकपाले साँझ ५ बजे सचिवालय बैठक बोलाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने उक्त बैठकमा वर्तमान समस्या समाधान लगायत विषयमा केन्द्रित हुने नेकपा सचिवालयका एक सदस्यले जानकारी दिएका छन ।

सरकारले संवैधानिक परिषद् र  राजनीतिक दल सम्बन्धी विधेयक जारी गरेपछि नेकपाका केही नेता असन्तुष्ट थिए । त्यसपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सबैका कुरा सुन्ने र मिलाएर जाने भन्दै ती विधेयक फिर्ता लिएका थिए ।

तरपनि पार्टीभित्र छलफल नगरेकाे भन्दै केही नेताहरुले बैठक बाेलाउन माग गरेका थिए । अध्‍यादेशलाई  अ‌ाधार बनाउँदै पूर्व माओवादी पक्षधरका केही नेताले त सरकारविरुद्ध हस्ताक्षर अभियानै नै चलाएका छन् ।

अध्यादेश फिर्ता भएपछि नै नेकपाका २० जना स्थायी कमिटी सदस्यले पार्टी अध्यक्षद्वयलाई पत्र लेखी तत्काल स्थायी कमिटी बैठक बोलाउन माग गरेका थिए । साेही अनुसार बैठक बस्न लागेकाे  बताइएकाे छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.