add

के पी ओली सरकारविरुद्ध विपक्षी दलहरुले संयुक्त रुपमा संघर्ष गर्ने






ActPro Nepal

|

१५ वैशाख, २०७७

|
1092

काठमाडौँ । सत्तारुढ नेकपाभित्रैबाट सरकारमाथि प्रहार भइरहेका बेला विपक्षी दलहरुले पनि सरकारविरुद्ध एक भएर संघर्ष गर्ने निर्णय गरेका छन्। 

नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार सर्वसत्तावादतर्फ उन्मुख भइरहेको दाबी गर्दै विपक्षी दलहरु कांग्रेस, जनता समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारविरुद्ध संघर्ष गर्ने निर्णय गरेका हुन्।

विपक्षी दलहरुले गरेको निर्णयमा भनिएको छ, ‘लोकतान्त्रिक मूल्य मान्यतालाई कुल्चिदै यो सरकार सर्वसत्ततावादतर्फ अग्रसर भएको स्पष्ट छ। हामी यो प्रवृत्तिको घोर भत्सना गर्दछौं। र यस किसिमको स्वेच्छाचारी र सर्वसत्ततावादी प्रवृत्ति विरुद्ध सम्पूर्ण लोकतन्त्रवादी शक्ति एकताबद्ध भई संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं।’

प्रधानमन्त्री ओलीले मधेस केन्द्रित दललाई विभाजन गर्ने उद्देश्यले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरे पनि उल्टै मधेसी दल एकीकरण भएपछि उनले अध्यादेश नै फिर्ता लिएका थिए।

उक्त निर्णयपछि नेकपाभित्र बढेको असमझदारी बढ्दै जाँदा ओलीलाई नै पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट हटाउने कसरत भइरहेको छ। ओलीलाई दुवै पदबाट हटाउन पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु केही दिनदेखि सक्रिय भइरहेका छन्। सरकार ढाल्नबाट रोक्ने सोमबार मात्रै पनि ओली र नेपालीबीच बालुवाटारमा छलफल भएको थियो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.