add

मन्त्रिपरिषद बैठक बस्दै ,कति थपिएला लकडाउनकाे समय सीमा ?






ActPro Nepal

|

१४ वैशाख, २०७७

|
1013

काठमाडौं । मन्त्रिपरिषद बैठक आइतबार बस्दैछ। प्रधानमन्त्री निवासमा बस्ने मन्त्रिपरिषद बैठकले लकडाउनका बारेमा निर्णय गर्नेछ ।

पछिल्लो पटक सरकारले थप गरेको लकडाउनको समय सोमवार रातिबाट सकिँदैछ। त्यसैले अब सरकारले लकडाउन थप गर्ला वा नगर्ला भन्ने आम सर्वसाधरणको लागि चासोको विषय बनेको छ।

शनिबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन हटाउन नहुने निष्कर्ष निकालेको छ ।

समितिले अझै एकसाता लकडाउन लम्व्याउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो। सरकारले स्वरुप परिवर्तन गरेर भएपनि लकडाउन लम्व्याउने तयारी गरेको छ।

तर एक हप्ताभित्र सङ्क्रमणको सम्पर्कमा पुगेकाहरूको पहिचान र परीक्षण (कन्ट्याक्ट ट्रेसिङ) गर्न कठिन हुने निष्कर्ष निकाल्दै लकडाउनको समयावधि लम्ब्याउने दुई साता थपिन सक्ने स्रोतले जनाएको छ ।

काठमाडौं उपत्यकासहित सहरी क्षेत्रमा लकडाउन खुकुलो नबनाउने बरु हिमाली जिल्लामा परीक्षणका रूपमा केही खुकुलो बनाउन सकिनेबारे छलफल भएको छ।

सरकारले चैत ११ गते पहिलोपटक सात दिन लकडाउन घोषणा गरेको थियो। पहिलो चरणमा चैत ११ गते बिहान ६ बजेदेखि एकसाता लकडाउनको घोषणा गरिएको थियो । चैत १७ गते बसेको मन्त्रिपरिषद् बैठकले समय थप गरेर चैत २५ गतेसम्म कायम राखेको थियो ।

चैत २४ गते मन्त्रिपरिषद् बैठकले पुनः आठदिन थपेर वैशाख ३ गतेसम्म लकडाउन लम्ब्याइएको थियो । पछिल्लोपटक १२ दिन थपेर वैशाख १५ गतेसम्म लकडाउन बढाइएको थियो ।

शनिवार बसेको उच्चस्तरीय समन्वय समितिले विभिन्न मोडालिटी तयार पारेर लकडाउनलाई व्यवस्थित गर्न खाका समेत तयार पारेको छ। सरकारले आन्तरिक तथा बाह्य हवाइ उडानमाथिको रोक पनि जेठ २ गतेसम्म कायम राख्ने निर्णय गरेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.