add

‘मलाई देशको प्रधानमन्त्रीभन्दा एउटा असल व्यक्तिको रुपमा मात्र सम्झिदिए पुग्छ’ मनमोहन अधिकारी






ActPro Nepal

|

१३ वैशाख, २०७७

|
1261

काठमाडाैँ । नेपाली कम्युनिष्ट आन्दोलनका श्रद्धेय नेता एवं सम्भवतः विश्वकै पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २१ औँ स्मृति दिवस आज सामाजिक सञ्जालहरूबाट सम्झना गरिदै छ । धेरैले फेसबुक र ट्वीटरमा सम्झना गरिरहेका छन यसपटक कोरोनाका कारण अधिकारीको स्मृतिमा कुनै पनि औपचारिक कार्यक्रम हुनेछैन ।

स्वर्गीय मनमोहन अधिकारी नेपाली राजनीतिमा निष्ठा र सदाचारका प्रतीक मानिन्थे । २०५१ को मध्यावधि निर्वाचनपछि ९ महिनासम्म प्रधानमन्त्री भएका मनमोहन अधिकारी आफ्नो गाउँ आफै बनाउँ र बृद्धभत्ता कार्यक्रमका कारण लोकप्रिय बन्न पुगेका थिए । हुन पनि अधिकारीले सुरू गरेको आफ्नो गाउँ आफैँ बनाउन कार्यक्रम बढ्दै जाँदा आज सबै जसो नागरिकको घर टोलमा सडक बाटोको पहुँच स्थापना हुन सकेको छ । छोराछोरीले हेला गरेका बृद्धबृद्धाले आफैँ खान पाएका छन ।  अधिकारीको १३ बैशाख २०५६ सालमा निधन भएको थियो । संसदबाट निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री बनेका मनमोहन अधिकारीको नेपालको बाम आन्दोलनमा महत्वपूर्ण भूमिका रहेको थियो ।

काठमाडौंको लाजिम्पाटमा जन्मेका अधिकारीले आफ्नो बाल्यकाल विराटनगरमा बिताए । उनलाई १९३८ मा वाराणसी अध्ययन गर्नको लागि पठाइयो । उनको बि. एस्सी. को अध्ययन सकिन लागेका बेला १९४२ मा, मन मोहन भारत छोडो आन्दोलनमा सहभागी भए । उनलाई ब्रिटिश सरकारले गिरफ्तार गर्यो र अन्य नेताहरू संगै जेल पठायो । यहाँबाट उनको अध्ययन पनि पुरा हुन पाएन । भारत बसाईमा नै मनमोहन कम्युनिस्ट आन्दोलनमा लागेका थिए । उनी भारतीय कम्युनिस्ट पार्टीमा शामिल थिए । भारतबाट विराटनगर फर्केपछि उनी त्यहाँ एक कारखानामा काम गर्न थाले र ट्रेड यूनियनको नेता बने ।

उनी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्यसमेत थिए । विसं २०४६ को जनआन्दोलन ताका नेकपा माक्र्सवादीका अध्यक्ष रहेका अधिकारी २०४७ मा नेकपा मालेसित पार्टी एकीकरण भएपछि नेकपा एमालेको समेत संस्थापक अध्यक्ष बने । नेपाली राजनीतिमा उनी एक निष्कलंक प्रधानमन्त्रीका रुपमा मानिन्थे । मलाई देशको प्रधानमन्त्रीभन्दा एउटा असल व्यक्तिको रुपमा मात्र सम्झिदिए पुग्छ भन्ने अधिकारीको सन्देशले आजको राजनीति र समाजलाई दिशाबोध गर्न सक्नुपर्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.