add

समाजवादी र राजपाले गरे पार्टी एकिकरण






ActPro Nepal

|

११ वैशाख, २०७७

|
1024

काठमाडौं । मधेश केन्द्रित दुई दल राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालबीच एकीकरण भएको छ।

मन्त्रिपरिषद्ले सिफारिस गरेको राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्य्विधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश,२०७७ जारी गरेको केहि दिनमा नै मधेश केन्द्रित दुई दल राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालबीच एकीकरण भएको छ।

सरकारले दल विभाजन सहज हुनेगरि नयाँ अध्यादेश जारी गरेसँगै दुवै दल फुट्ने त्रासमा परेका थिए। फुट्ने त्रासका बीच बुधबार मध्यरातमा दुई दलले एकीकरणमा हस्ताक्षर गरेका हुन्।

केही सांसदहरुले दल विभाजनको तयारी थाहा पाएपछि दुवै दलले मध्यरातसम्म बसेर एकीकरणको निर्णय लिएका हुन्। एकीकृत दलको नाम जनता समाजवादी पार्टी, नेपाल रहने भएको छ। नेतृत्व लगायतका अन्य विषय समानताका आधारमा टुंगो लगाउने सहमतिमा उल्लेख छ।

सहमति अनुसार पार्टीको झण्डा हाल समाजवादीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुनेछ। यस्तै चुनाव चिह्न छाता हुनेछ। छाता राजपाको चुनाव चिह्न हो।

सहमतिमा दुवै दलका चार/चार जनाले हस्ताक्षर गरेका छन्। समाजवादीका उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन्। यस्तै राजपाका महन्थ ठाकुर, राजेन्द्र महतो, महिन्द्र राय यादव र शरतसिंह भण्डारीले हस्ताक्षर गरेका छन्। राजपाका अध्यक्ष मण्डलका दुई सदस्यको भने हस्ताक्षर छैन।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.