add

अध्यादेशविरुद्ध सबै प्रतिपक्षीलाई एक बनाउँदै , प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस






ActPro Nepal

|

१० वैशाख, २०७७

|
979

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले ल्याएका दुई अध्यादेशविरुद्ध कसरी अगाडि बढ्ने भन्ने विषयमा प्रतिपक्षी दलहरुसँग छलफल सुरु गरेको छ । 

संविधानको मर्मविपरित ल्याइएका अध्यादेशविरुद्ध साझा धारणा बनाउन प्रतिपक्षी दलहरुसँग छलफल सुरु गरेको नेपाली कांग्रेसले जनाएको छ ।

सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश ल्याएकाे छ ।

सरकारले ल्याएकाे दुई अध्यादेशविरुद्ध छलफल गर्न पार्टी सभापति शेरबहादुर देउवाले दिउँसो २ बजे सम्पूर्ण प्रतिपक्षी दलसहितकाे बैठक बोलाएका  बाेलाएका छन् । ‘पार्टीका पदाधिकारीसहित, सत्तारुढ बाहेकका सबै विपक्षीलाई बैठकमा बोलाइएको छ, अध्यादेशविरुद्ध साझा धारणा बनाइनेछ ।’

बैठकमा संघीय समाजवादी, राष्‍ट्रिय जनता पार्टी (राजपा) लगायतका संघीय स‌सद‍‍्मा प्रतिनिधित्‍व गर्ने सबै प्रतिपक्षी दललाई बाेलाइएकाे छ ।

कोरोना प्रकोपका बेला सरकारले अध्यादेश ल्याएर ठूलो गल्ती गरेको भन्दै कांग्रेस फिर्ता लिन पटक पटक माग गरिरहेको छ ।

अन्य दलले पनि सरकारले ल्याएको अध्यादेश ठीक नगरेको टिप्पणी गरिहेका छन् ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.