add

निश्चित नाकाहरु खुला राखेर बाँकी सिमानामा तारबार लगाई सधैका लागि सीमा बन्द गर्नुपर्छः वैद्य






ActPro Nepal

|

७ वैशाख, २०७७

|
934

काठमाडौं । माेहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले र्‍यापिड टेस्ट (आरडीटी)बाट गरिएको कोरोना परिक्षणबाट आएका रिपोर्टले भ्रम र त्रास उत्पन्न गर्ने गरेकाले त्यसलाई प्रयोग गर्न बन्द गर्नुपर्ने बताएको छ ।

सो पार्टीको स्थायी समिति बैठकले ओम्नी विजनेस कर्पोरेट इन्टरनेसनलले आपूर्ति गरेको आरडीटीलाई विश्व स्वास्थ्य सङ्गठनले समेत मान्यता नदिएकाले सरकारले त्यसलाई प्रयोग गर्न बन्द गरी विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार पीसीआर लगायतका विधिबाट परीक्षणलाई व्यापक बनाउनु पर्ने माग गरेको हो ।

बैठकपछि महासचिव बैद्यले जारी गरेको विज्ञप्तिमा कोरोना भाइरसजन्य प्रकोपको रोकथामका लागि खुला सिमाना नियन्त्रण गर्नु पर्ने माग प्राय सबैतिरबाट र मुख्यतः भारतसँग सिमाना जोडिएका प्रदेशबाट उठ्न थालेकाले निश्चित नाकाहरु खुला राखेर बाँकी सिमानामा तारबार लगाई सधैका लागि सीमा बन्द गर्नुपर्नेतर्फ अहिलेबाट नै बहसको थालनी गर्नुपर्ने उल्लेख छ ।

त्यस्तै बैठकले उपयुक्त कार्यक्रम तथा योजनाका आधारमा शिक्षा तथा स्वास्थ्य क्षेत्रको राष्ट्रियकरणका लागि सशक्त आवाज उठाउनु पर्ने निर्णय गरेको छ । सो पार्टीले लकडाउन गर्नु पर्ने स्थिति अनिश्चित भएका कारण सरकारले उपत्यका तथा बाहिर विभिन्न प्रदेशहरुमा अड्किएका नेपाली जनतालाई आआफ्ना घरमा जानका लागि आर्थिक तथा यातायातका साधनको व्यवस्था मिलाउन माग समेत गरेको छ ।

कोरोना सङ्क्रमणको रोकथामको अग्रमोर्चामा खटेका स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई यथेष्ट पीपीई (पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट) व्यवस्था गरेर सरकारले खटाएको ठाउँमा जान अनिवार्य गर्नुपर्ने भन्दै सरकारले उनीहरुको जीवन वीमा र उचित सुविधाको ग्यारेन्टी गर्दा पनि काममा नजाने डक्टर, नर्स, एम्बुलेन्स ड्राइभर लगायतलाई उपयुक्त कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

राहत वितरणमा हुँदै आएको भ्रष्टाचार तथा मनोमानी बन्द गर्नुपर्ने र राहतको सामान सबैभन्दा पहिला विपन्न परिवारलाई दिने व्यवस्था मिलाउनु सरकारसँग सो पार्टीको माग छ ।

कोरोना नियन्त्रणका सामग्री सबै जीटुजी (सरकारदेखि सरकार) व्यवस्थाबाट सरकारले आयातको बन्दोवस्त गर्नु पर्दछ । महामारीलाई प्रयोग गरी भ्रष्टाचार गर्नेमाथि कडा कार्वाही गर्नु पर्दछ । कोरोना नियन्त्रणको अग्रमोर्चामा खटेका सबै खाले कर्मचारी बाहेक अरु सबैको तलव, पेन्सन आदिको निश्चित हिस्सा कोरोना नियन्त्रणमा लगाउनु पर्दछ’, महासचिव बैद्यले जारी गरेकोे विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै सुकुम्बासी आयोगको स्थापना आर्थिक चलखेलका आधारमाभएको भन्दै यसलाई रोकेर त्यसमा खर्च हुने रकमलाई महामारी नियन्त्रण कोषमा राख्नुपर्ने बैद्यको सुझाव छ । सांसदहरूलाई आआफ्ना क्षेत्रमा खर्च गर्न पाउने गरी छुट्याइएको रकमलाई पनि महामारी नियन्त्रण कोषमा जम्मा गर्नुपर्ने सो पार्टीको माग छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.