add

अहिले नै मध्यावधि हुनुपर्छ भनेकै छैन ,सहमहामन्त्री डा. महत






ActPro Nepal

|

२३ चैत, २०७६

|
1165

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले हेडलाइन बंगाएर बदमासी गरेको भन्दै आपत्ती जनाएका छन् । 

प्राइम टेलिभिजनको अन्तर्वार्तामा मध्यावधि मागेको शिर्षक बनाएर रिपोर्टर्स नेपाल नामकअनलाइनले समाचार प्रकाशन गरेको थियो । तर, महतले आफुले अहिले कोरोनाको संक्रमणका कारण विश्व प्रताडित बनिरहेका बेला आफुले मध्यावधि निर्वाचनको माग नै नगरेको बताए ।

आफुले सरकारको आलेचना गरेको सहन नसक्नेहरु अहिले मध्यावधि मागेको भन्दै सामाजिक सन्जालमा विरोध गरिरहेको पनि उनले बताए । 

‘पुरा अन्तर्वार्ता हेर्नुभयो भने अहिले मध्यावधि चाहियो भनेर मैले भनेको कतै पाउनुहुन्न,’ महतले नेपालमार्गसँग कुरा गर्दै भने, ‘ यस्तो विपतको बेलामा पनि भ्रष्टाचार हुनथाल्यो । सरकारले राम्रोसँग जनताको पक्षमा काम गर्न सकेन । त्यसकारण संक्रमण सकिइसकेपछि देशमा के  अवस्था आउनसक्छ भन्ने सन्दर्भमा विभिन्न उपाय हुनसक्छ । जसमध्ये मध्यावधि पनि हुनसक्ला भनेको थिएँ ।त्यसलाई बंगाएर हेडलाइन राखेर समाचार बनाइयो ।’ उनले हेडलाइन मात्र हेरे प्रतिक्रिया नदिन पनि आग्रह गरेका छन् ।

उनले अन्तर्वार्तामा मेडिकल सामाग्री खरिदमा भएको घोटाला छानविन गर्न माग गरेका थिए ।  महतले अन्तर्वार्तामा उपप्रधान एवं रक्षामन्त्री एवं कोरोना रोकथामका लागि बनाइएको उच्चस्तरीय समितिका संयोजक इश्वर पोख्रेलले सरकारमा बस्ने नैतिकता गुमासकेको बताएका थिए । ‘ अहिले सरकार ठेक्का रद्द ग¥यौं भनेर चोखिन खोजेको छ । सामान ल्याइसकेको छ, त्यसको के हुन्छ ? त्यसको पैसा उहाँहरुले तिर्दैहुनुहुन्छ हुन्न । त्यत्रो खर्च गरेर प्लेन लगेको के हुन्छ रु प्रतिस्पर्धामा जसले कम मूल्यमा गर्न खोज्दै थिए तिनीहरुलाई पूर्ण रुपमा वाइपास गरेर गरिएको छ ।

उता उप–प्रधानमन्त्रीको संयोजकत्वमा यो खरिददेखि लिएर संक्रमणलाई रोक्ने संयन्त्र बनेको छ । उहाँकै पहलमा सम्पूर्ण कानुन, नियम मिचेर यी कामहरु भइराखेका छन् ,’महतले भनेका थिए, ‘यो एकदमै राम्रो काम गर्नुभएको छ । प्रधानमन्त्री पनि बिरामी भएको अवस्थामा उप–प्रधानमन्त्रीको नेतृत्वमा सम्पूर्ण संयन्त्र बनेको छ । उहाँहरुले यसको स्पष्ट रुपमा जनतालाई जवाफ दिनुपर्छ । सम्बन्धित निकायले निष्पक्ष छानविन गरेर कसले बदमासी गरेको छ, दोषीमाथि कडा कारबाही हुनुहुपर्छ ।’ 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.