add

फूर्सदिला बने राजनीतिकर्मी, गण्डकी प्रदेश सभा सदस्य राजीव पहारी भने दिनरात जनताको सेवामा






ActPro Nepal

|

२२ चैत, २०७६

|
1154

काठमाडौं । विश्व नै कोराना भाइरसले आक्रान्त बनेको छ न धनी, न गरिब, न ठूलो न सानो कसैलाई यस ज्यानमारा भाइरसले बाँकी राखेको छैन बिश्व मानचित्रमा केही दिन अघिसम्म ग्रीन जोनमा रहेको नेपाल अहिले रेड जोनमा छ । यसको प्रभाव अन्य देशको तुलनामा कम भएपनि जोखिम र त्रास  भने नेपालमा पनि बढ्दै छ।

कोरनाकै कारण विश्वका अधिकांश देश लकडाउन गर्न वाध्य छन। यसको जोखिम न्यूनीकरण गर्न नेपालले लकडाउनको अवधि लम्ब्याउंँदै लगेको छ । लकडाउनले दिनरात व्यस्त राजनीतिकर्मी अहिले फूर्सदिला बनेका छन । अर्थात लकडाउनले घरमै ‘लक’ हुन बाध्य पारेको छ ।

बिहानदेखि बेलुकासम्म जनताको घरदैलो, पार्टी कार्यालय, र जनताको सेवामा तल्लिन हुने राजनीीतकर्मी के गर्दै छन् त भन्ने जिज्ञासा सबैमा होला यसैको जिज्ञासा मेटाउन आज हामी एक युवा नेताको दैनिक बारे लेख्दैछौ।

कास्कीबाट नेपाली कम्युनिष्ट राजनीतिमा युवा नेता तथा गण्डकी प्रदेश सभा सदस्य राजीव पहारी भने लकडाउनको समयलाई सदुपयोग गरी आफूलाई अभ्यस्त बनाउन सफल भएका छन । उनी भन्छन ‘म बिहान साढे ६ बजेदेखि राती अबेरसम्म पनि उपलब्धीमुलक काममै लगाउन लागेको छु ’।

राजनीतिक जीवन ३० बर्ष कटिएका पहारीलाई यस संक्रमणले देशलाई केही घाटा भएपनि पारिवारिक खुशी मिल्न सकेकोमा भने दंग छन् । उनको जीवनमा यति लामो समय एकैपटक घरमा बसेको अनुभव नै छैन । ‘जेलजीवनपछिको फूर्सदको समय मेरो लकडाउन बनेको छ ’ कास्की क्षेत्र नम्बर ३ ख का प्रदेश सांसद समेत रहेका पहारी भन्छन् ।घरमै बसेर भए पनि यस समयलाई भरपुर उपलब्धीमुलक काममा लगाउन पर्ने उनको बुझाइ छ ।

पारिवारिक पृष्ठभूमि पनि उनको समाजसेवा र राजनीति नै भएकोले उनी यसबाट टाढा रहने कुरै भएन । सानैदेखि चलाख , तीक्ष्ण बुद्धि भएका उनी पोखराको पिएन क्याम्पसबाट राजनीतिमा होमिए । विद्यार्थी राजनीतिदेखिनै विद्यार्थीका हरेक माग र समस्यालाई साथै लिएर समाधानको लागि लडिरहन्थे उनी उक्त क्याम्पसको तत्कालिन अनेरास्वियु सभापति बन्न पनि सफल भएका थिए ।

देशकै धेरै विद्यार्थीले पढ्ने मध्यको सो क्याम्पसको सभापति बनेपछि भने उनको राष्ट्रिय राजनीतिमा समेत चर्चा चुलिन थाल्यो । अत्यन्त दृढ स्वभाव , इमान्दारिता र दायित्वबोध गर्ने पहारी आफूलाई थप क्रियाशील र गतिशील बनाउंँदै गए । फलस्वरुप उनी तात्कालिन नेकपा एमालेको भातृसंगठन नेपाल युवासंघको समेत केन्द्रीय अध्यक्ष बन्न सफल भए ।

आम युवाहरुको विश्वास जित्न सफल पहारीले एक पछि अर्को सफलता चुम्न थालेपछि राजनीतिक यात्रालाई आराम गर्ने मौकै पाएनन । पार्टीले पनि उनको योगदान र कामलाई सम्मान गर्दै गयो । उनले राजनीतिक मुद्धालाई मात्र अघि सारेनन राष्ट्रिय मुद्धा र सामाजिक मुद्धामा समेत आफ्ना आवाज लाई बुलन्द पार्दै गए । त्यसैले भारतले गरेको नाकाबन्दीमा समेत सिमानामा नेपाली युवाहरुको नेतृत्व गरेर लड्नेमा यिनै पहारीको नाम अग्रपत्तिमा आउंँछ ।

राष्ट्रवादी चिन्तन भएका उनले आफ्ना एजेण्डा , जनताका हक अधिकारलाई आफ्नो मुल मुद्धा बनाएरै अघि बढे । स्थानीय रुपमा पनि उनी हरेक समाज र मानिसहरुको मन मस्तिष्कमा बस्न थाले फलस्वरुप अघिल्लो बर्ष भएको प्रदेश निर्वाचनामा नेकपाका लागी कठिन मानिएको कास्की क्षेत्र नम्बर ३ को ख बाट भारी मतले विजय प्राप्त गर्न सफल भए ।

अनवरत ३ दशकसम्म राजनीतिमा लागेका उनले कतिपटक पक्राउ परे , कतिपटक जेल जीवन वित्याउनु परयो भनिसाध्य छैन । तर कोरानाको कहरको कारण लकडाउनले गर्दा उनलाई भित्रभित्रै मन पोलिरहेको छ । ‘बिहानदेखि देशकै जनताकै काममा हिड्ने म एउटा बन्द कोठामा खुम्चिुनु परेको पिडा उनी सुनाउँछन् ।

देशकै कठिन अवस्थामा केही दिन घरमै खुम्चिुनु परेपनि उनको सक्रियता घरबाटै पनि उत्तिकै छ। लकडाउनले अप्ठ्यारो परेकालाई गन्तब्य सम्म पुग्न प्रहरी प्रसासनसंग समन्यव गर्दै सहयोग गरीरहेको उनी बताउछन।

त्यसका आलवा विश्वराजनीतिका किताब अध्ययन गर्ने उपयुक्त समय पनि यहिँ बनेको छ। नेपाली राजनीति र त्यसले भोगेका चरणहरु बारे पनि अध्यन गर्दै छन् शुभशंकर कंडेलको ‘अवतरण’ अहिले टेबुलमै छ उनले भने ।

राजनीतिमा लागेपछि परिवारको भन्दा देशको राजनीतिमा समय खर्चिएका उनलाई अहिले पारिवारिक खुशी साट्ने अवसर पनि मिलेको छ’ । बर्षौसम्म समय दिएर घर परिवारसंग संगै बस्न नपाएको समयको मज्जा उनले यतिबेला लिएको र श्रीमती छोरासंग अझै नजिकिने र बुवा आमाको जीवन भोगाईबारे थप बुझ्ने अघिल्लो पुस्ता र यो पुस्ताको बिचमा आएका फरक बारे जानकारी लिने र त्यसलाई विश्लेषण गर्ने अवसर समेत मिलेको उनी बताउछन।


तन घर परिवारमा भएपनि मन भने जनताको घरदैलोमा छ । ज्यालामजदुरको समस्यामा , देशको अर्थतन्त्रको भविश्यमा बढी उनी चिन्तित छन् । ‘ तर मानिसको जीवन जोगाउन गरिएको लकडाउनले केही समस्या देखिए पनि हामीले चित्त दुखाउनु हुँदैन’ उनको बुझाइ छ ।

केही दिन जनतासंँग , प्रदेश सभा, बैठकसंँगको सम्बन्ध टुटेपनि यस समयलाई भरसक सबैले सदुपयोग गर्नु पर्ने उनको जोड छ । ‘परिवारभित्रको सुख दुख साट्ने अवसर र उपयुक्त समय पनि मिलेको छ । सायद अरुले पनि सदुपयोग गरेकै होलान् गर्नु पनि पर्छ’ उनी भन्छन् ।

दैनिक तालिका बनाएर उनले यो फूर्सदको समय व्यथित गर्ने गरेको उनी बताउछन बिहानै सबेरै व्यायाम गर्छु, त्यसपछि सबै दैनिक अनलाइन समाचार पढ्छु, टीभी हेर्छु, अनि दिउसो साथीहरुसँग ग्रुपिङ कल गर्छु ’उनले आफ्नो थप दिनचर्या बारे सुनाए ।

त्यति मात्रै होइन उनले अहिले विश्वका राजनीतिज्ञ, नेता , विद्धानहरुका पुस्तक पढेर यो समयलाई सदुपयोग गर्ने गरेको बताए । अहिले म यूट्युवमा राजनीतिक व्यत्तित्वका कहानी, कथा , संघर्ष र सफलता हेरेर सदुपयोग गर्ने प्रयत्न गरेको छु । ‘समय बरु सित्तैमा पाइन्छ तर करौडौमा किन्न सकिदैन, लकडाउन अवसर पनि हो यसलाई सदुपयोग गर्नुपर्छ ’ उनको सन्देश छ ।


पीडादायी र वाध्यकारी लकडाउनलाई बेकाममा समय, विताउने, टेलिभिजन, रेडियो सुन्ने र सुतेर , राम गरेर विताउनेलाई जीवनपयोगी काममा लगाउन राजीव पहारी पनि प्रेरक बन्न सक्छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.