काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।
साँझ ६ बजे हुने प्रधानमन्त्रीको सम्बोधन कोरोना भाइरसमा केन्द्रित रहने बताइएको छ। कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिएको र नेपालमा समेत त्रास फैलिरहेका बेला प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।
कोरोनाभाइरसको संक्रमणको जोखिम तथा न्यूनीकरण गर्न भन्दै सरकारले विभिन्न कदम चालेको बेला प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।