लामो समयदेखि चुपचाप बसेका पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमल सहित अचानक भारत भ्रमणमा गएका छन्।
पूर्व राजरानी आइतवार भारतको सिलिगुडीतर्फ प्रस्थान गरेका हुन् । सिलिगुडीमा रहेका आफन्तसँगको भेटघाटका लागि उनी त्यस तर्फ लागेका हुन् ।
पश्चिम बंगालको सिलिगुडी र सिक्किमको करिब साताव्यापी यात्राका क्रममा पूर्व राजारानीले दार्जिलिङ पनि भ्रमण गर्नेछन् । पूर्व राजा दार्जिलङमा आफूले अध्ययन गरेको विद्यालयमा जाने सम्भावना रहेको बताइएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।