add

राष्ट्रियसभा निर्वाचन अन्तर्गत राष्ट्रिय जनता पार्टीका शेखरकुमार सिंह विजयी






ActPro Nepal

|

१० माघ, २०७६

|
1132

प्रदेश २ को राष्ट्रियसभा निर्वाचन अन्तर्गत अल्पसंख्यकतर्फ राष्ट्रिय जनता पार्टी (राजपा) का शेखरकुमार सिंह विजयी भएका छन् ।

उनले नेपाली कांग्रेसका उमेदवार भोला पञ्‍जियारलाई पराजित गरेका हुन् । शेखरकुमारले स्थानीयतर्फ स्थानीतर्फ १५१ मत प्रदेशतर्फ ५८ मत गरी कुल ५५०२ मतभार प्राप्त गरेका छन् । त्यसैगरी कांग्रेसका भोला पञ्‍जियारले स्थानीय १२० स्थानीयतर्फ र प्रदेशतर्फ ४९ मत गरी ४२१२ मतभार प्राप्त गरेका छन् ।

यसअघि प्रदेश २ कै अन्य समूहबाट राष्ट्रियसभामा मृगेन्द्र सिंह यादव निर्वाचित भइसकेका छन् । राजपाबाट उम्मेदवारी दिएका मृगेन्द्र सिंहले आफ्नै भाइ समाजवादी पार्टीका उम्मेदवार अनिरुद्ध सिंहलाई पराजित गरेका हुन्।मृगेन्द्र सिंहले ५ हजार ४ सय र अनिरुद्रले ४ हजार ५ सय १२ मतभार पाए । प्रदेश २ मा राजपा र नेकपा तथा नेपाली कांग्रेस र समाजवादी पार्टी मिलेर चुनावी प्रतिस्पर्धा गरेका थिए ।

नेकपा राजपा गठबन्धनकै महिला उम्मेदवार तुलसा दाहाल र दलित उम्मेदवार राधेश्याम पासवान विजयी भइसकेका छन्।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.