add

धरानका पुर्वमेयर ध्यानबहादुर राईको उपचारको क्रममा निधन






ActPro Nepal

|

६ माघ, २०७६

|
835

उपचारको क्रममा आज उपत्यकास्थित पाटन अस्पतालमा धरानका पुर्वमेयर ध्यानबहादुर राईको निधन भएको छ ।


 पुर्वमेयर राईलाई बचाउ अभियानका संयोजक एवं पत्रकार महेश श्रेष्ठका अनुसार अस्पतालको आइसियुमा उपचाररत अवस्थामा उनको निधन भएको हो । ‘आधा घण्टा अघितिर उहाँको निधन भएको हो, म अस्पताल तिर जादैछु । परिवारसँग भेट भएपछि के गर्ने भन्ने थाह हुन्छ,’श्रेष्ठले भने ।


मेयर राई विगत एक बर्षदेखि क्यान्सर रोगको उपचारमा थिए । उनलाई क्यान्सरमा पनि दुर्लभ ुस्क्वामस सेलुक्यान्सर थियो । भारतको दिल्लीस्थित राजिव गान्धी क्यान्सर अस्पतालमा उपचार सम्भव हुन नसकेपछि उनलाई एम्बुलेन्समार्फत नेपाल नै ल्याइएको थियो । उनी २०४९ सालको स्थानीय निकाय निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट मेयरमा निवार्चित भएका थिए । पछिल्लो समय उनी समाजवादी पार्टीमा आवद्ध थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.