add

के तपाइ धेरै सुत्नुहुन्छ ? अब धेरै नसुत्नुहोस्, तपाईँको ज्यान जान सक्छ – अध्ययन






ActPro Nepal

|

२८ भदौ, २०७८

|
739

काठमाडौँ ।  हामीमध्ये धेरैलाई सुत्न मन लागिरहन सक्छ । जाडो महिनामा जाडोको बाहानामा पनि मानिसहरु धेरैबेर सुत्छन् । तर मान्छेको लागि धेरै सुत्नु भनेको सबै भन्दा घातक भएको एक अनुसन्धानले जनाएको छ । 

आवश्यकताभन्दा बढी सुत्नाले हृदय रोग र ज्यान जाने जोखिम बढ्ने एक नयाँ अनुसन्धानले बताएको छ । 

चीनको म्याकमास्टर एण्ड पिकिंग युनियन मेडिकल कलेजले गरेको अनुसन्धानमा पत्ता लागे अनुसार राती र दिउँसोको निन्द्रा जति लामो हुन्छ खतरा त्यति नै बढ्ने गर्छ । यो शोध युरोपियन हार्ट जर्नलमा बुधबार प्रकाशित भएको हो । 

अनुसन्धानमा २१ देशका एक लाख १६ हजार ६ सय ३२ वयस्क समावेश गरियो । अनुसन्धानकर्ताले ७र८ वर्षसम्म ती व्यक्तिहरुको निन्द्रा र समग्र स्वास्थ्यबारे अनुसन्धान गरेका छन् । उक्त अनुसन्धान अनुसार आठ घण्टाभन्दा बढी सुत्ने व्यक्तिलाई हार्ट स्ट्रोक र हार्ट फोल्योरको अत्यधिक खतरा देखियो । 

यस्ता व्यक्तिको चाँडै नै मृत्यु हुने सम्भावनामा ४१ प्रतिशतको बढोत्तरी देखियो । उदाहरणका लागि राती आठदेखि ९ घण्टा सुत्नेहरुमा मृत्यु र मुटु रोगको सम्भावनामा पाँच प्रतिशत खतरा देखियो भने १० घण्टा सुत्नेहरुलाई १७ प्रतिशत र १० घण्टा बढी सुत्नेहरुमा ४१ प्रतिशत खतरा देखियो ।

 दिउँसो एकैछिन सुत्ने र राती ६ घण्टाभन्दा कम सुत्नेभन्दा दिउँसो पनि सुत्ने र राती पनि ६ घण्टा बढी सुत्नेहरुमा मृत्यु र मुटु रोगको सम्भावना धेरै पाइयो । ‘राती सुत्न नपाएकाले मात्र दिउँसो सुतेर यसको भरपाई गर्नुपर्छ,’ वाङले सिएनएनलाई भने । यसअघि गरिएको अनुन्धानमा पर्याप्त निन्द्रा नपुग्दा उच्च रक्तचाप, मोटोपना, मुटुरोग र मधुमेहको खतरा हुने बताइए पनि यो नयाँ अनुसन्धानमा भने यीबारे सम्बन्ध नपाइएको बताइएको छ । 

वाङका अनुसार दैनिक ६ देखि आठ घण्टाको सुताई पर्याप्त हो । अमेरिकन एकेडेमी अफ स्लिप मेडिसिन र स्लिप रिसर्च सोसाइटीले १८ देखि ६० उमेर समूहलाई सात घण्टा सुत्न सल्लाह दिएको छ । एजेन्सी


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.