काठमाडौँ । संघीय संसदको गत माघ १८ गतेदेखि शुरु भएको हिउँदे अधिवेशन आजदेखि अन्त्य भएको छ ।
हिउँदे अधिवेशनको अन्तिम बैठकमा सभामुख देवराज घिमिरेले सभामा १० पटक वा सोभन्दा बढी पटक अनुपस्थित हुने सांसदहरूको नाम सार्वजनिक गरेका छन्। यसरी धेरै अनुपस्थित हुनेमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समेत रहेका छन्।
देउवासहित अधिवेशन अवधिभर विभिन्न कारणहरू देखाउँदै सात जना सांसदहरू १० भन्दा बढी बैठकमा अनुपस्थित भएका छन्। सबैभन्दा बढी अनुपस्थित हुनेमा नेपाली कांग्रेसकी सांसद मनोरमा शेरचन रहेका छन्। थेरापी चलिरहेको कारण देखाउँदै उँनी २७ बैठकमा अनुपस्थित रहेको सभामुख घिमिरेले जानकारी गराए।
सभामुख घिमिरेका अनुसार प्रतिनिधि सभा सदस्यहरू लिलादेवी बोखिम लिम्बू १४ दिन, सरस्वती बजिमय ११ दिन, रमेश रिजाल १२ दिन, दीपक बोहरा २१ दिन, शेरबहादुर देउवा ११ दिन र गीता बस्नेत २७ दिन बैठकमा अनुपस्थित रहेका छन्।
संसदमा गयल हुने सांसदहरूमध्ये कोही स्वास्थ्य उपचार गराइरहेको र केही विदेश भ्रमणमा रहेको सभामुखले उल्लेख गरे।
प्रतिनिभि सभाको मंगलबारको बैठकले सांसदहरूको बिदा स्वीकृत गरेको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।