add

बिमस्टेकमा भाग लिन थाइल्याण्ड उडे प्रधानमन्त्री






ActPro Nepal

|

१८ चैत, २०८१

|
370

काठमाडौँ   । प्रधानमन्त्री केपी ओली थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन् । औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री बैंकक प्रस्थान गरेका हुन् ।

ओली थाइल्यान्डको औपचारिक भ्रमण गर्ने पहिलो प्रधानमन्त्री हुन् । 

प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली आज दिउँसो थाइ एयरलाइन्सबाट बैंककतर्फ प्रस्थान गरेको हो। प्रधानमन्त्रीलाई बिदाइ गर्न उपप्रधानमन्त्री, मन्त्री तथा उच्च पदस्थहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। ओलीलाई बिदाइ गर्दै नेपाली सेनाको टुकुडीले सलामी अर्पण गरेको थियो। 

भ्रमणका क्रममा प्रधानमन्त्रीस्तरमा द्विपक्षीय वार्तामा सहभागी भई पर्यटन र संस्कृतिका सन्दर्भमा २ र गैरसरकारी क्षेत्रबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर गरिने बताइएको छ।

द्विपक्षीय वार्तापछि थाइल्यान्डका प्रधानमन्त्री सिनावातसँगै प्रधानमन्त्री ओलीले संयुक्त प्रेस ब्रिफिङमा भाग लिनेछन्। थाइल्यान्डका नरेशसँगको भेटपछि एकदिने औपचारिक भ्रमण सकिनेछ।

प्रधानमन्त्री ओलीले चैत २१ गते बिहान त्यहाँका प्रतिष्ठित व्यवसायीहरूसँग भेटघाट र छलफल गर्ने कार्यक्रम तय भएको छ।  त्यस्तै सोही दिन ओलीले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका छ। साँझ बिमस्टेक शिखर सम्मेलनका नेताहरूलाई दिइने औपचारिक रात्रिभोजमा प्रधानमन्त्री ओली सहभागी हुनेछन्।

चैत २२ गते बिमेस्टक शिखर सम्मेलनमा सहभागी तथा सम्बोधनको कार्यक्रम रहेको छ। शिखर सम्मेलनलगत्तै सम्भव भएसम्म अन्य देशका राष्ट्रप्रमुखलगायतसँग साइडलाइन वार्ता गर्ने तयारी छ। 

सोही दिन मेरिटाइम ट्रान्स्पोर्ट कोअपरेसन अग्रिमेन्टमा हुने हस्ताक्षर समारोहमा ओली सहभागी हुनेछन्। त्यस्तै साँझ बैंककस्थित नेपाली दूतावासमा हुने कार्यक्रममा उनी सहभागी हुने तालिका छ।  




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.