add

अब ल्याउने स्वास्थ्य बीमा योजनाले स्वास्थ्य क्षेत्रमा समाजवाद स्थापना गर्नेछ: मन्त्री पौडेल






ActPro Nepal

|

१८ चैत, २०८१

|
303

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले  ल्याउन लागेको स्वास्थ्य बीमा योजनाले स्वास्थ्य क्षेत्रमा समाजवाद स्थापना गर्ने बताएका छन् ।

विराटनगरमा सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले स्वास्थ्य बीमा कोष करिब एक खर्ब बराबरको बनाउन सके स्वास्थ्य बीमा क्षेत्रका समस्या समाधान हुने बताए ।

उनले मुलुकमा कुल बजेटको करिब सात प्रतिशत स्वास्थ्य क्षेत्रमा विनियोजन गर्नुपर्ने माग गरे । मन्त्री पौडेलले निजी मेडिकल कलेजले चिकित्सकहरूलाई दिइने सुविधाबारे सरकारले ल्याएको नीति कार्यान्वयन गर्नुपर्ने र यसका लागि सहमतिको विन्दु पहिल्याउने प्रयास भइरहेको बताए ।

उनले फरक प्रसङ्गमा बोल्दै लोकतान्त्रिक गणतन्त्रको विकल्प उन्नत र परिष्कृत लोकतन्त्र नै भएको बताए । मन्त्री पौडेलले नागरिक अधिकार, आफैँले जनप्रतिनिधि चयन गर्ने, बोल्न पाउने अधिकारलगायत विषय लोकतान्त्रिक गणतन्त्रमा मात्र पाइने धारणा राखे । उनले हिंसाको जगमा व्यवस्था परिवर्तन हुन नसक्ने धारणा राखे ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.