add

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलःपहिलोपटक नियमित अन्तर्राष्ट्रिय उडान, पोखरा-ल्हासा उडान सुरू






ActPro Nepal

|

१७ चैत, २०८१

|
181

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । सोमबारदेखि हिमालय एयरलाइन्सले ल्हासा-पोखरा-ल्हासा नियमित उडान सुरु गरेको हो ।

पोखरा विमानस्थल कार्यालयका अनुसार सोमबार ल्हासाबाट १०७ यात्रु लिएर आएको हिमालयकको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

यससँगै हिमालय पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान थाल्ने पहिलो वायुसेवा कम्पनी समेत बनेको छ । ल्हासाबाट आएको जहाज र यात्रुलाई गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे र नेपालका लागि चिनियाँ राजदूत छेन सङले स्वागत गरेका थिए ।

आज आएको जहाज अब भोलि पोखराबाटै ल्हासा उड्ने विमानस्थल कार्यालयले जनाएको छ । पोखरालाई ल्हासासँग जोड्न हिमालयले अब पोखरा-ल्हासा रुटमा नियमित साताको एक उडान गर्नेछ । यात्रु संख्या बढेसँगै यसलाई विस्तार गरिने एयरलाइन्सले जनाएको छ ।

संचालनमा आएको २ वर्ष बिते पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान हुन थिएन । यसअघि चार्टर उडान मात्रै हुँदै आएका थिए । हाल सिचुवान एयरलाइन्सले नियमित चार्टर्ड उडान गरिरहेको छ ।

राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थल वि.सं. २०७९ पुस १७ गते उद्घाटन भएको थियो। हालसम्म विभिन्न एयरलाइन्सका ११ चार्टर्ड उडान भएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.