काठमाडौं । साताको दोस्रो दिन सुनचाँदीको मूल्य बढेको छ। सोमबार (आज) सुन प्रतितोला एक लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। यो सँगै यो मूल्य अहिलेसम्मकै धेरै पुगेको छ।
आइतबार सुन एक लाख ७६ हजार ८०० रुपैयाँ प्रतितोला पुगेको थियो। चाँदीको मूल्य पनि सामान्य बढेर दुई हजार २५ बाट दुई हजार ३५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।