add

निर्मल निवासले जरिवाना पत्र नबुझेपछि हुलाकबाट पठाइयो






ActPro Nepal

|

१६ चैत, २०८१

|
324

काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई हुलाकमार्फत जरिवाना तोकिएको पत्र पठाएको छ ।

आज बिहान नगर प्रहरी बल जरिवानाको पत्र बुझाउन पूर्वराजाको निवास निर्मल निवास पुगेको थियो । तर पूर्वराजा शाहको सचिवालयले जरिवाना पत्र बुझ्न नमानेपछि हुलाक र इमेलबाट पत्र पठाएको महानगरका सहायक प्रवक्ता ध्रुव कुमार काफ्लेले खबरहबलाई बताए ।

महानगरले हिजो सार्वजनिक सूचना मार्फत शुक्रबार राजावादीहरूले काठमाडौंमा गरेको प्रदर्शनका क्रममा फोहर र क्षति गरेको भन्दै विभिन्न शीर्षकमा ७ लाख ९३ हजार रुपैयाँ जरिवाना गर्ने जनाएको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.