add

फेरि पनि सूचना टाँसेर स्थगित भयो प्रतिनिधिसभा बैठक






ActPro Nepal

|

१६ चैत, २०८१

|
436

काठमाडौं ।  प्रतिनिधिसभा बैठक आइतबार दोस्रोपटक सूचना टाँसेर स्थगित गरिएको छ । सत्तापक्ष र प्रतिपक्षी दलहरुबीच चर्काचर्की भएपछि १५ मिनेटका लागि स्थगित भएको बैठक सूचना टाँस गरेर साढे ३ बजेका लागि सारिएको हो ।

यसअघि बिहान ११ः१५ बजेका लागि बोलाइएको बैठक निर्धारित समयमा बस्न नसकेपछि सूचना टाँसेर दिउँसो १ः१५ बजेका लागि सारिएको थियो । 

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विषयमा प्रतिपक्षी सांसदहरुले सरकारको जवाफ माग्दै सदन अवरुद्ध गर्दै आएका छन् । आइतबारको बैठकमा भने सदन चल्नु पर्ने माग गर्दै सत्तापक्षका सांसदहरु पनि विरोधमा उत्रिएका थिए । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारको बैठकमा बोल्नका लागि समय मागेको जानकारी गराए पनि प्रतिपक्षी दलहरुले आजै उपस्थित हुनु पर्ने माग गरेका थिए ।  

विवाद समाधान गर्दै सहमतिको पहलमा अहिले सभामुख घिमिरेले दलहरूसँग छलफल गरिरहेका छन् । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.