add

भूमिसम्बन्धी अध्यादेश फिर्ता लिएर विधेयक ल्याउन सत्तारूढ दलका शीर्ष नेताहरू सहमत






ActPro Nepal

|

१२ चैत, २०८१

|
363

काठमाडौं । सत्तारूढ दलका शीर्ष नेताहरू भूमिसम्बन्धी अध्यादेश फिर्ता लिने र यसको स्थानमा विधेयक ल्याउने सहमतिमा पुगेका छन्। यो निर्णय आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तापक्षीय दलहरूको बैठकमा गरिएको हो। जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवले बैठकमा भएको सहमतिको जानकारी दिएका छन्।

बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा सिके राउत, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए।

यसअघि मंगलबारको बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको अनुपस्थितिका कारण बैठकले एजेन्डामा छलफल गर्न सकिरहेको थिएन। आजको बैठकमा यी प्रमुख दलका नेताहरूले भूमिसम्बन्धी मुद्दामा सहमति जुटाएका छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.