add

करदाताको संख्या ७१ लाख २४ हजार पुग्यो,कस्ता खालका कति ?






ActPro Nepal

|

९ चैत, २०८१

|
351

काठमाडौं । नेपालमा करदाताको संख्या ७१ लाख नाघेको छ। आन्तरिक राजस्व विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्म कुल करदाता (व्यक्ति तथा फर्म)को संख्या ७१ लाख २४ हजार ६८५ जना पुगेको छ।

करदातामध्ये सबैभन्दा धेरै व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या रहेको छ। माघसम्म ४६ लाख १२ हजार ४०६ जनाले व्यक्तिगत प्यान लिएका छन्। पारिश्रमिक तथा तलब भुक्तानीमा प्यान अनिवार्य भएसँगै यो संख्या बढेको हो। त्यस्तै, माघसम्म २० लाख १२ हजार ५८६ जनाले व्यावसायिक स्थायी लेखा नम्बर लिएका छन्। प्यान लिने कर कट्टी गर्ने निकायको संख्या ३४ हजार ८४४ रहेको छ।


त्यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका करदाता संख्या ३ लाख ४१ हजार ७१६ पुगेको छ। अन्तःशुल्क इजाजततर्फ १ लाख २३ हजार १३२ करदाता दर्ता भएको मन्त्रालयको तथ्यांक छ।

नेपालमा करदाता संख्या वृद्धिले अर्थतन्त्रमा कर प्रणालीप्रतिको जागरूकता बढ्दै गएको संकेत गरेको छ। कर प्रणालीको प्रभावकारी कार्यान्वयनले राजस्व संकलनमा सुधार ल्याउने र आर्थिक व्यवस्थापनलाई मजबुत बनाउने सरकारी अधिकारीहरू बताउँछन्।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.