काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले महिला तथा दलित समुदायमाथि भइरहेका हत्या, हिंसा र विभेदका घटनाहरू रोक्न सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद सिंहले देशभर हत्या तथा हिंसाका घटनाहरू बढेको उल्लेख गर्दै दोषीलाई कडा कारबाही गर्न माग गरे।
उनले मधेस प्रदेशमा दलित समुदायमाथि भइरहेको दमनविरुद्ध प्रदेश सरकार मौन बसेको भन्दै सरकार सत्ताको बाँडफाँडमै केन्द्रित भएको आशंका व्यक्त गरे।
‘महिला र दलितमाथि श्रृंखलाबद्ध अत्याचार भइरहेको छ। मधेस सरकार पनि किन त्यसविरुद्ध बोलिरहेको छैन? सत्ताको बाँडफाँड मात्रै हो?’ उनले प्रश्न गरे।
सांसद सिंहले वर्तमान सरकारलाई महिला तथा मधेसविरोधी भन्दै कडा आलोचना गरे।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.