add

राप्रपा सांसद कार्कीको प्रश्नः नेपाल तस्करहरुको ट्रान्जिट पोइन्ट बनेको हो ?






ActPro Nepal

|

५ चैत, २०८१

|
370

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले के नेपाल तस्करहरुको ट्रान्जिट प्वाइन्ट बनेको हो भन्दै सरकारलाई प्रश्न गरेकी छन् ।

बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरिन् । यस्तो अवस्थामा नेपाली जनताको सहनशीलताको परिक्षा नलिन समेत सरकारलाई चेतावनी दिइन् । नेपाल दिन प्रतिदिन तस्करहरुको जालोमा फसिहरेको उनको भनाइ छ ।

उनले भने,’भ्रष्टाचारमा नेपालले नयाँनयाँ कीर्तिमान कायम गरिराखेको छ । र हामी ठगीको उपाधिबाट घोषित भएका छौं । म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु र सरकारलाई खबरदार भन्न चाहन्छु । सरकारले देशलाई कहाँ पुयाउन खोजेको हो ?’

उनले यस्तै अवस्था भए सरकार मात्रै नभई देश नै खतरामा पर्ने उनको भनाइ छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.