काठमाडौं । नेपाल प्रहरीले नयाँ नेतृत्व पाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापालाई महानिरीक्षक (आईजीपी)मा नियुक्त गर्ने निर्णय गरेको छ ।
वसन्त कुँवर सोमबारै ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएपछि रिक्त आईजीपीमा थापा नियुक्त भएका हुन् । थापा नेपाल प्रहरीको ३१औँ आईजीपी बनेका छन् ।
थापासँगै आईजीपीका लागि एआईजीद्वय सुदीप गिरी र टेकप्रसाद तामाङ प्रतिस्पर्धामा थिए । तर, थापाले बाजीमा मारेका छन् । उनको काँधमा करिब ७५ हजार फौजको कमान्ड गर्ने जिम्मेवारी आइपुगेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.