काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा १३.२७ गुणा धेरै आवेदन परेको छ ।
सीडीएस एण्ड क्लियरिङका अनुसार कम्पनीको आइपीओमा आवेदन दिने अन्तिम दिन सोमबार ५ बजेसम्म कुल २० लाख ४८ हजार ५३८ जनाले आवेदन दिएका छन् । यद्यपि, अन्तिम तथ्यांक आउन बाँकी रहकाले आवेदकको संख्या अझै बढ्न सक्ने सीडीएसले जनाएको छ ।
उनीहरूले कुल २ अर्ब ४४ करोड ९२ लाख १७ हजार रुपैयाँ बराबरको २ करोड ४४ लाख ९२ हजार १७० कित्ताका लागि आवेदन दिएका हुन् ।
कम्पनीको आइपीओ आवेदन दिने ९१ प्रतिशतले आइपीओ नपाउने भएका छन् । कम्पनीले जम्मा १८ लाख ४५ हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको छ ।
धितोपत्र बाँडफाँट नियमावली अनुसार आवेदकलाई कम्तीमा १० कित्ताका दरले सेयर दिनुपर्ने व्यवस्था छ । सो अनुसार १ लाख ८४ हजार ५०० जना अथार्त ९ प्रतिशत आवेदकलाई मात्र १० कित्ताका दरले सेयर बाँडफाँट गर्न पुग्छ । बाँकी १८ लाख ६४ हजार बढीको हात रित्तो हुने देखिएको छ ।
कम्पनीले सर्वसाधरणका लागि फागुन २२ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो ।a=
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।