काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको गिरावट आएको छ । सोमबार १३ अंकले घटेको नेप्से आज ३० अंकले घटेको हो ।
मंगलबार नेप्से परिसूचक ३०.३६ अंकले घटेर २८४६.३० बिन्दुमा आइपुगेको छ । आज सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २ अर्बले घटेर १२ अर्ब २९ करोड रुपैयाँमा सीमित भएको छ ।
आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा गिरावट आएको छ । उत्पादनमूलक समूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशतले घटेको छ ।
आज पनि पुनर्बीमा कम्पनीहरूको सेयरमा उच्च आकर्षण देखिएको छ । हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक १ अर्ब ९ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको दोस्रो धेरै ६४ करोड रुपैयाँको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये ४१ कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ कम्पनीको मूल्य घटेको छ ।
घट्दो बजारमा पनि आज गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।
आज समाज सिन्धु विकास बैंकका सेयरधनीले भने सर्वाधिक १० प्रतिशत गुमाएका छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।