add

बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त






ActPro Nepal

|

१३ फागुन, २०८१

|
142

काठमाडौँ । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गरेको छ। आज सोमबार बसेको मन्त्रिपरिषदको बैठकले ओझालाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।

ओझा नेपाली कांग्रेसको निकट छन् । उनले नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघ लगायत निजी क्षेत्रका संस्थाका लागि विज्ञका रूपमा काम गरिसकेका छन् । उनीसंग सञ्चार, वकालत र कर्पोरेट क्षेत्रमा उच्च व्यवस्थाकीय तहमा काम गरेको अनुभव छ । उनी प्राध्यापन पेशमा पनि छन्  । ३३ वर्षका उनी प्राधिकरण अध्यक्षमा नियुक्त हुने हालसम्मकै कान्छा अध्यक्ष हुन् ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको नेतृत्वमा गठित सिफारिस समितिले प्राधिकरणको अध्यक्ष नियुक्तिको लागि ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । सिफारिस हुनेहरुमा दामोदर बसौला, शरद ओझा र रामशरण पुडासैनी थिए । जस मध्ये ओझाले बाजी मारेका हुन् ।

यसअघि सिफारिस समितिले सर्टलिस्टमा परेका ५ जनाको व्यावसायिक कार्ययोजना प्रस्तुतिकरण हेरेको थियो । त्यसपछि अर्न्तवार्ता लिइएको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.