काठमाठौं । दशौं संस्करणको नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको फागुन ८ गतेदेखि ११ गतेसम्म आयोजना हुने भएको छ ।
मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिले संयुक्त रुपमा उक्त प्रदर्शनी आयोजना गर्न लागेका हुन् ।
काठमाडौंको भृकृटीमण्डपमा आयोजना हुने प्रदर्शनीमा विभिन्न देशका ३०० बढी ख्याती प्राप्त ब्राण्डहरूका १५० भन्दा बढी स्टल रहने छन् ।
मेलामा निर्माण सम्बन्धी उद्योगहरू, कम्पनीहरू, डिलर तथा सब डिलरहरू र बिक्रेताहरूले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरूको प्रदर्शनी र जानकारी गराउने स्टलहरू रहनेछन् ।
यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा निर्माण समग्री, केमिकल्स, कन्स्ट्रक्सन मेसिनरी, प्रिफ्याब स्ट्रक्चर, यूपीभीसीका झ्याल तथा ढोका बाथरुप फिटिङ पावर टुल्स लगायत सामग्री प्रदर्शनीमा राखिने छ ।
प्रदर्शनीमा निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरू र नविनतम् प्रविधि प्रमुख आकर्षण हुने आयोजकले विश्वास लिएको छ ।
प्रदर्शनीले नेपालमा उत्पादन भइरहेका सामग्री र प्रविधिहरूलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म लैजान सहयोग पुग्नेछ ।
प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गररहेका नेपालका आर्कीटेक्ट, इन्जिनियरस्, कन्ट्रयाक्टर, विल्डर, इन्टिरियर डिजाइनरहरूको उल्लेख्य सहभागिता रहनेछ । साथै, निजीघर बनाउन चाहने, व्यापारिक कम्प्लेक्स, व्यावसायिक भवन बनाउने व्यतिm तथा संस्थाको सहभागिता रहनेछ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।