add

डेढ अर्ब बढीको अनलाइन जुवा खेलाउने २४ भारतीय पक्राउ






ActPro Nepal

|

७ फागुन, २०८१

|
23

काठमाडौं । नेपालमा बसेर ‘बेटिङ एप्लिकेसन’मार्फत डेढ अर्ब रुपैयाँभन्दा बढीको अनलाइन जुवा खेलाउने २४ भारतीय पक्राउ परेका छन् ।

नेपाल प्रहरी, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–५ बाट सोमबार पक्राउ गरी उनीहरूलाई सार्वजनिक गरेको हो ।

पक्राउ परेकाको साथबाट बरामद ल्यापटप तथा मोबाइलको प्रारिम्भक अनुसन्धान गर्दा १ अर्ब ६४ करोड ३९ लाख ५७ हजार ४३० रुपैयाँ बराबरको अनलाइन जुवा कारोबार गरेको भेटिएको कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यले जानकारी दिए ।

उनीहरूले ‘बेटिङ साइट’ को प्रयोग र भारतीय एजेन्टसँग ह्वाट्सएप तथा टेलीग्राममार्फत सम्पर्क गरी घर भाडामा लिई व्यावसायिक तबरमा अनलाइन जुवा खेलाउँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

निजहरूलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–५ को दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने) र विदेशी विनिमय (नियमती गर्ने) ऐन, २०१९ बमोजिमको कसुरमा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको कार्यालयका प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.