add

जलविद्युत् आयोजनाको आइपीओ नरोक्न कुलमानको आग्रह






ActPro Nepal

|

७ फागुन, २०८१

|
184

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युत् आयोजनाहरूको प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन रोक्नु दुःखद रहेको बताएका छन् ।

मंगलबार नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको ‘जलविद्युत आयोजना : लगानी, सेयर व्यवस्थापन र चुनौती’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले सर्वसाधारणको लगानीबाटै जलविद्युत् क्षेत्रको विकास सम्भव रहेको बताएका हुन् ।

उनले जलविद्युत् आयोजनालाई नियमन गर्नुपर्ने तर आइपीओ जारी गर्न बञ्चित गर्न नहुने बताए । घिसिङले आइपीओमा लगानीगर्दा जोखिम देखिए पनि नियमन गरी सेयर खोल्नुपर्ने बताए ।

संघीय संसदको सार्वजनिक लेखा समितिले प्रतिसेयर नेटवर्थ ९० रुपैयाँभन्दा कम भएका जलविद्युत् आयोजनालाईको आइपीओ रोक्न धितोपत्र बोर्डलाई निर्देशन दिएको थियो । सो निर्देशनलाई देखाउँदै बोर्डले १ वर्ष यता हाइड्रोपावरको आइपीओ अनुमति दिएको छैन ।

उनले विद्युत प्राधिकरणले १२ हजारको विद्युत खरिद बिक्री सम्झौता (पीपीए)गरेको जानकारी दिए । २८ हजार ५०० मेगावाट विद्युत पुर्याउनको लागि विद्युत प्राधिकरण अझै पीपीए खोल्ने पक्षमा रहेको उनको भनाइ छ । ‘हाल पीपीए भएका सबै परियोजना निर्माणको चरणमा गएका छैनन्,’ कार्यकारी निर्देशक घिसिङले भने,‘पीपीए गरी निर्माण नगर्ने तर नयाँ पीपीए गर्नुपर्ने माग राख्नु कति उचित हो ?’

प्राधिकरणसँग पीपीए सम्झौता गरी आयोजना ओगटेर मात्रै राख्ने प्रवृति अन्त्य हुनुपर्ने उनले बताए । नेपाल सरकारले भारतसँग सम्झौता गरेको क्रसबोर्डर प्रसारणलाइन सञ्चालन हुँदा भारतलाई आम्दानीको ग्यारेन्टी गरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.