add

राससको ६४ औँ वार्षिकोत्सवमा ललितपुरका घिमिरेसहित बाह्र राससकर्मीलाई पुरस्कार






ActPro Nepal

|

६ फागुन, २०८१

|
402

ललितपुर ।राष्ट्रिय समाचार समिति (रासस)को  ६४औँ वार्षिकोत्सवका अवसरमा ललितपुरका पत्रकार माधवप्रसाद घिमिरे सहित १२ जना राससकर्मी पुरस्कृत हुने भएका छन् ।

राससले भोली फागुन ७ गते बुधबार आयोजना गर्ने बार्षिकोत्सव कार्यक्रममा छ विधामा १२ जना राससकर्मीलाई पुरस्कार प्रदान गर्ने भएको हो । बुधबार राससको केन्द्रीय कार्यालय भद्रकालीमा आयोजना हुने मूल समारोहमा उहाँहरूलाई पुरस्कार प्रदान गरिने नायब महाप्रबन्धक तथा समाचार महाशाखा प्रमुख सोमनाथ लामिछाने जानकारी गराए । 

रासस सञ्चालक समितिकिो मंगलबार बसेको बैठकको निर्णयअनुसार उत्कृष्ट जिल्ला समाचारदाता पुरस्कार ललितपुरका माधवप्रसाद घिमिरे, कैलालीका  तिलकराज ओझा र सुनसरीकी सङ्गीता राईलार्ई जनही रु २० हजार नगद र प्रमाणपत्र प्रदान गर्ने भएको हो ।

 यसैगरी, उत्कृष्ट आलेखतर्फको पुरस्कार झापाका विशेष समाचारदाता चन्द्रकला भण्डारी र सम्पादक टिकाराम सुनारलाई प्रदान गरिने छ । प्रमाणपत्रका साथ यो पुरस्कारको राशि जनही रु १० हजार छ । 

पत्रकार भण्डारीको गत जेठ ३० गते प्रकाशित ‘बढ्दैछ आत्महत्याको कहर, छैन रोकथामको चासो’ र सुनारको मङ्सिर २१ गते प्रकाशित ‘मनोरञ्जन क्षेत्रमा हिंसा, रङ्गीन क्षेत्र नै रङ्गहीन’ शीर्षकका आलेख उत्कृष्ट ठहरिएका हु्न् ।    

 उत्कृष्ट सम्पादनतर्फको पुरस्कार अन्तरराष्ट्रिय समाचार सम्पादन शाखाका सम्पादक दिलीपप्रसाद शर्मा र नेपाली समाचार सम्पादन शाखाका वरिष्ठ सम्पादन सहयोगी छविलाल माललाई दिइने निर्णय भएको छ । उहाँहरूलाई जनही रु १० हजार नगद र प्रमाणपत्र प्रदान गरिने छ । 

यसैगरी, उत्कृष्ट समाचार सङ्कलनतर्फ भरतपुर कार्यालय प्रमुख  नारायणप्रसाद अधिकारी र केन्द्रीय कार्यालयका समाचारदाता कालिका खड्कालाई पुरस्कार प्रदान गरिनेछ ।  उनिहरुलाई जनही रु १० हजार र प्रमाणपत्र प्रदान गरिने छ । बीस हजार राशिको उत्कृष्ट फोटो पत्रकारिता फोटो पत्रकार हरिराम भेटवाललाई प्रदान गरिने भएको छ । 

उत्कृष्ट कर्मचारीतर्फ केन्द्रीय कार्यालयका  कार्यालय सहयोगी राजिनन साह र मधेस प्रदेश कार्यालय जनकपुरका कार्यालय सहयोगी सूर्यप्रसाद बरालले प्रदान गरिने छ । यो पुरस्कारको राशि रु १० हजार छ । 

नायब महाप्रबन्धक तथा समाचार महाशाखा प्रमुख सोमनाथ लामिछानेको संयोजकत्वमा गठित पुरस्कार छनोट सिफारिस  उपसमितिको सिफारिसलाई सञ्चालक समितिले अनुमोदन गरेको हो ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.