add

भिभो एक्स२०० प्रो : स्मार्टफोन फोटोग्राफीमा नयाँ युगको सुरुवात !






ActPro Nepal

|

६ फागुन, २०८१

|
157

काठमाडौं । विश्व प्रसिद्ध प्रविधि ब्रान्ड भिभोले नेपालमा भिभो एक्स२०० प्रो प्रस्तुत गर्दै स्मार्टफोन फोटोग्राफीमा नयाँ क्रान्ति ल्याउने तयारी गरेको छ ।

ग्राउण्डब्रेकिङ २०० मेगापिक्सलको जाइस् एपीओ टेलिफोटो क्यामेरा, शक्तिशाली मिडियाटेक डाइमेन्सिटी ९४०० प्रोसेसर, र ६००० एमएएच ब्याट्री विशेषता सहित, यो फ्ल्यागशिप डिभाइस नवीनता र उत्कृष्टताको नयाँ परिभाषा बन्नेछ ।

भिभो एक्स२०० प्रो ले इमेजिङ उत्कृष्टताको निरन्तरता कायम गर्दै स्मार्टफोन फोटोग्राफीलाई नयाँ उचाइमा पुर्याएको छ ।

जाइस् सँगको सहकार्यमा विकसित २०० मेगापिक्सल एपीओ टेलिफोटो क्यामेराले मोबाइल फोटोग्राफीमा व्यावसायिक स्तरको परिशुद्धता र स्पष्टता प्रदान गर्छ । चाहे टाढाका दृश्यहरू क्याप्चर गर्न होस्, सूक्ष्म म्याक्रो शटहरू लिन होस्, अद्भुत रात्री दृश्यहरू उतार्न होस्, वा हाइपर–जूम गरेर विस्तृत विवरणहरू कैद गर्न होस्, भिभो एक्स२०० प्रोले सबै परिदृश्यहरूमा असाधारण छवि गुणस्तर सुनिश्चित गर्ने कम्पनीको दावी छ ।

सुधारिएको सुपर ल्यान्डस्केप मोडको साथ, प्रयोगकर्ताहरूले तारामय आकाश, चन्द्रमाको मनमोहक दृश्य, र सूर्यास्तका अविस्मरणीय क्षणहरू सहजै क्याप्चर गर्न सक्छन् ।

फोटोग्राफीमा मात्र नभई, भिभो एक्स२०० प्रोले भिडियोग्राफीमा पनि उल्लेखनीय सुधारहरू ल्याएको छ । भिभो भी ३+ इमेजिङ चिपले अत्याधुनिक ४के एचडीआर सिनेमाटिक पोट्रेट भिडियो, १२० एफपीएस स्लो–मोशन रेकर्डिङ, र ४के ६० एफपीएस एचडीआर डल्वी भिजन जस्ता विशेषताहरू उपलब्ध गराउँछ , जसले जुनसुकै लाइटमा समेत उत्कृष्ट क्वालिटीको सुनिश्चित गर्छ ।

कम्पनीका अनुसार डिभाइसमा समावेश गरिएको मिडियाटेक डाइमेन्सिटी ९४०० चिपसेटले फोनको दक्षतामा अभूतपुर्व योगदान गर्छ । ३ एनएम आर्किटेक्चरमा निर्मित यस चिपसेटले सहज मल्टिटास्किङ, अल्ट्रा–स्मूथ गेमिङ, र ऊर्जा–कुशल सञ्चालन सुनिश्चित गर्छ । साथै, यसलाई थप शक्तिशाली बनाउन, ६००० एमएएच सिलिकन एनोड ब्याट्री ९० वाट फ्ल्यास चार्ज सपोर्टसहित उपलब्ध छ, जसले चरम परिस्थितिहरूमा पनि लामो समयसम्म टिक्ने विश्वसनीयता प्रदान गर्दछ ।

भिभो एक्स२०० प्रोे मा बिल्ट–इन सुरक्षा चिप प्रदान गरिएको छ, जसले बायोमेट्रिक डेटा, लक स्क्रिन पासवर्डहरू, र सुरक्षित डेटा पर्ज सुविधासहित चिप–स्तरीय सुरक्षा प्रदान गर्दछ । साथै, गुगल जेमिनी एआईको सहज एकीकरणले एआई नोट असिस्ट, एआई ट्रान्सक्रिप्ट असिस्ट, र सर्कल टु सर्च जस्ता स्मार्ट सुविधाहरू उपलब्ध गराउँछ ।

भिभो एक्स२०० प्रोले विश्वभर ठूलो प्रभाव पारेको छ । प्रख्यात टेक इन्फ्लुएन्सर मिस्टर हुइजदबोसले यसलाई सर्वश्रेष्ठ क्यामेरा, सर्वश्रेष्ठ ब्याट्री, र समग्र च्याम्पियन फोन २०२४ को रूपमा मान्यता दिएका छन् । नेपालमा पनि छिट्टै सार्वजनिक हुने तयारीका साथ, अब नेपाली उपभोक्ताहरूले मोबाइल फोटोग्राफी र फ्ल्यागशिप प्रदर्शनको नयाँ युग अनुभव गर्न सक्नेछन् ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.