add

सानिमा क्यापिटलको सानिमा फ्लेक्सी फण्डमा आजदेखि आवेदन दिन सकिने






ActPro Nepal

|

६ फागुन, २०८१

|
81

काठमाडौँ । सानिमा क्यापिटलको फ्लेक्सी फण्डको इकाईमा आजदेखि आवेदन दिन सकिने छ । ‘सानिमा फ्लेक्सि फन्ड’ ले १० करोड इकाई बिक्री गरेको हो ।

जसमध्ये ४० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४ करोड इकाई क्यापिटलले प्रथम चरणमा सार्वजनिक रुपमा बिक्री खुल्ला गरेको हो । सो मध्ये १ करोड ३० लाख इकाई कोष प्रबर्द्धक सानिमा बैंकलाई र २० लाख इकाई सानिमा क्यापिटललाई सुरक्षित गरिएको छ। लगानीकर्ताहरुले बाँकी २ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।

उक्त फण्डमा न्यूनतम १०० देखि ४० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ। इकाईमा आजदेखि फागुन ११ गतेसम्म आवेदन दिन सकिन्छ। सो अवधिमा सबै सेयर बिक्री नभएमा माघ २० गतेसम्म आवेदन दिन सकिने छ ।

उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन्।

म्युचुअल फण्ड निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले कोष प्रबर्द्धकलाई इक्राएनपि इस्यूअर रेटिङ्ग ए माइनस एटडरेट प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इक्रएनपि एएमसि क्वालिटि ३ प्लस रेटिङ्ग प्रदान गरेको छ। यस रेटिङ्गले योजना व्यवस्थापकको व्यवस्थापन गुणस्तरमा पर्याप्त विश्वास रहेको संकेत गर्दछ।फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सानिमा फ्लेक्सी फण्ड खुलामुखी प्रकृतिको योजना हो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.