add

माघमा किन घट्यो वाणिज्य बैंकहरुको कर्जा विस्तार वृद्धि,कुनको कति ?






ActPro Nepal

|

६ फागुन, २०८१

|
65

काठमाडौं । चालु आर्थिक वर्षको माघ महिनामा वाणिज्य बैंकहरूको व्यवसाय सुस्ताएको छ । यस महिना बैंकहरूको निक्षेप संकलन र कर्जा लगानी दुवै सुस्ताएको हो ।

अहिले बैंकिङ प्रणालीमा कायम अधिक तरलताका कारण बैंकहरूले निक्षेप संकलनमा खासै ध्यान दिएका छैनन् । तर, कर्जा लगानीलाई प्राथमिकतामा राखे पनि माग बढ्न नसक्दा अपेक्षित रुपमा व्यवसाय विस्तार गर्न सकेका छैनन् ।

चालु आवको मंसिर र पुसमा कर्जाको माग ह्वात्तै बढे पनि माघमा फेरि सुस्ताएको छ । आर्थिक शिथिलताका कारण २ वर्षदेखि सुस्त रहेको कर्जाको माग बढ्न सकेको छैन । तर, पुस र माघ दुई महिनामै बैंकहरूले १ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थिए । माघमा भने फेरि कर्जा लगानी सुस्ताएको हो ।

नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरूले माघ महिनामा जम्मा १२ अर्ब २३ करोड रुपैयाँ मात्रै कर्जा लगानी गरेका छन् । यद्यपि, माघमा बैंकहरूले निक्षेप संकलनभन्दा धेरै कर्जा लगानी गरेका छन् । यस महनिा बैंकहरूले ९ अर्ब २८ करोड रुपैयाँ मात्रै निक्षेप संकलन गरेका छन् ।

चालु आवको ७ महिनामा बैंकहरूले २ खर्ब ५७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । साउनमा २ अर्ब कर्जा लगानी गरेका बैंकहरूले भदौमा ५३ अर्ब, असोजमा ५६ अर्ब, मंसिरमा ४२ अर्ब कर्जा दिएका थिए । कात्तिकमा भने कर्जा लगानी २ अर्बले घटेको थियो । मंसिरमा ४२ अर्ब कर्जा लगानी गरेका बैंकहरूले पुसमा मात्रै ९३ अर्ब ६७ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए ।

यद्यपि, पुसमा कर्जा लगानी बढ्नुको मुख्य कारण भने ‘एभरग्रिनिङ’ हो । बैंकहरूले आफ्नो ब्यालेन्ससिट मिलाउनका लागि ऋण तिर्नका लागि ऋण नै दिँदा ठूलो रकम लगानी भएको देखिएको हो ।


आर्थिक शिथलताका कारण अहिने पनि अपेक्षित रुपमा कर्जाको माग बढ्न सकेको छैन । तर, अटो कर्जा, सेयर कर्जा, घरजग्गा, चालु पूँजी र व्यापार कर्जाको माग बढेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । व्यापार र सेयर कर्जाको वृद्धिदर लक्ष्यभन्दा पनि धेरै रहेको छ ।

आर्थिक संकुचनकै कारण गत वर्ष पनि कर्जा विस्तारको लक्ष्य आधा मात्रै पूरा भएको थियो । राष्ट्र बैंकले गत आव २०८०/८१ मा निजी क्षेत्रतर्फ साढे ११ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेकोमा ५.८ प्रतिशत मात्रै लगानी भएको थियो ।

चालु आवमा राष्ट्र बैंकले निजी क्षेत्रतर्फ १२.५ प्रतिशतको कर्जा विस्तार लक्ष्य राखेको छ । सो अनुसार ६ खर्ब रुपैयाँ बढी कर्जा लगानी गर्नुपर्छ । लक्ष्य अनुसार कर्जा लगानी गर्न बैंकिङ प्रणालीमा पर्याप्त तरलता भए पनि कर्जाको माग बढ्नेमा भने शंका छ ।

१० बैंकको निक्षेप घट्यो

माघमा १० बैंकको निक्षेप घटेको छ भने १० को बढेको छ । माघमा एनएमबी बैंकले सबैभन्दा धेरै ११ अर्ब ६२ करोड रुपैयाँ निक्षेप थपेको छ।

त्यसैगरी, नबिलले १० अर्ब ४१ करोड, एभरेष्टले ८ अर्ब ४३ करोड, कृषि विकासले ५ अर्ब १६ करोड, सानिमाले ४ अर्ब १८ करोड, सिटिजन्सले ३ अर्ब ३६ करोड, प्राइम कमर्शियलले ३ अर्ब ७ करोड, इन्भेष्टमेन्ट मेगाले २ अर्ब ५३ करोड, लक्ष्मी सनराइजले २ अर्ब १ करोड र माछापुच्छ्रेले१ अर्ब १७ करोड रुपैयाँ निक्षेप थपेको छ ।

माघमा एन्आइसी एशियाबाट सबैभन्दा ११ अर्ब ५९ करोड रुपैयाँ निक्षेप बाहिरिएको छ । यो माघमा बैंकहरूहरूले संकलन गरेका कुल निक्षेपभन्दा पनि धेरै हो । त्यस्तै, नेपाल एसबीआइबाट ६ अर्ब ८३ करोड, ग्लोबल आइएमई ४ अर्ब ८७ करोड, कुमारी ४ अर्ब ७७ करोड, सिद्धार्थ ३ अर्ब ८३ करोड, हिमालयन ३ अर्ब ८२ करोड, नेपाल ३ अर्ब ५४ करोड, राष्ट्रिय वाणिज्य २ अर्ब ४५ करोड, प्रभु ५७ करोड र चार्टर्डबाट ३९ करोड निक्षेप बाहिरिएको छ ।

माघमा १४ बैंकले बढाए कर्जा लगानी

माघमा २० मध्ये १४ बैंकले कर्जा लगानी बढाउन सफल भएका छन् भने ६ बैंकको उल्टो घटेको छ । माघमा माछापुच्छ्रेले सबैभन्दा धेरै ४ अर्ब २२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यो माघ महिनामा बैंकहरूले गरेको कुल कर्जा लगानीको एकतिहाई हो ।

त्यस्तै, लक्ष्मी सनराइजले ३ अर्ब ५७ करोड, एभरेष्टले ३ अर्ब ५१ करोड, हिमालयनले ३ अर्ब ४५ करोड, प्रभुले ३ अर्ब १३ करोड, सानिमा २ अर्ब ८२ करोड,, नबिल २ अर्ब ७२ करोड, एनएमबीले २ अर्ब ५९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

त्यसैगरी, सिटिजन्स, नेपाल र प्राइम्ले १ देखि २ अर्बको बीचमा कर्जा दिएका छन् भने ग्लोबल, कृषि र सिद्धार्थले १ अर्ब रुपैयाँभन्दा कम कर्जा लगानी गरेका छन् ।

माघमा नेपाल एसबीआई, राष्ट्रिय वाणिज्य, स्ट्याण्डर्ड चार्टर्ड, कुमारी, नेपाल इन्भेष्टमेन्ट मेगा र एनआइसी एशिया बैंकको कर्जा लगानी घटेको छ । जसमा एनआइसीको सबैभन्दा धेरै ८ अर्ब ६८ करोड रुपैयाँले कर्जा घटेको छ । त्यस्तै, इन्भेष्टमेन्टा मेगाको ३ अर्ब ९२ करोड, कुमारीको ३ अर्ब ७३ करोड, चार्टर्डको २ अर्ब ४७ करोड, राष्ट्रिय वाणिज्यको ८१ करोड र एसबीआईको २ करोड कर्जा घटेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.