add

फागुन १८ गतेदेखि एफपीओ जारी गर्दै स्वरोजगार लघुवित्त






ActPro Nepal

|

६ फागुन, २०८१

|
65

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १८ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने भएको छ ।

लघुवित्तले संस्थापक र साधरण सेयरधनीको सेयर अनुपात मिलाउन एफपीओ जारी गर्न लागेको हो ।

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ बिक्रीमा ल्याउने भएको हो ।

लघुवित्तको एफपीओमा फागुन २१ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै कित्ताका लागि आवेदन नपरेमा ढिलोमा चैत ३ गतेसम्म आवेदन दिन पाइने छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ। एफपीओ निष्काशनका लागि गराइएको रेटिङमा क्रेडिट रेटिङमा कम्पनीलाई इक्रा नेपालले ‘इक्रएनपी डबल बी माइनस’ रेटिङ दिएको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

हाल लघुवित्तको चुक्ता पूँजी ६७ करोड ११ लाख ४ हजार ९९३ रुपैयाँ छ । एफपीओ जारीपछि चुक्ता पूँजी ६९ करोड ६ लाख ८२ हजार २९३ रुपैयाँ पुग्नेछ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.