add

सेयर बजारमा उच्च अंकको वृद्धि, लघुवित्त समूह सबैभन्दा धेरै बढ्यो






ActPro Nepal

|

५ फागुन, २०८१

|
303

काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको वृद्धि भएको छ । आइतबार १९ अंकले बढेको नेप्से आज झण्डै ३० अंकले बढेको हो ।

सोमबार नेप्से परिसूचक २९.८७ अंकले बढेर २७२७.९१ बिन्दुमा पुगेको छ । आज सूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ५७ करोड रुपैयाँले बढेर १० अर्ब ४ करोड रुपैयाँ पुगेको छ ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये १० समूहको परिसूचक बढेको छ भने ३ को घटेको छ । बैंक, लघुवित्त र अन्य समूहको परिसूचक २ प्रतिशतभन्दा धेरैले बढेको छ । अन्य समूहको परिसूचक १.२७ प्रतिशतले घटेको छ ।

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ३२ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, सीइडीबी होल्डिङस्को २७ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये १६६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७४ कम्पनीको मूल्य घटेको छ ।

बढ्दो बजारमा आज ६ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, कुथेली बुखरी स्मल हाइड्रोपावर, एक्सेल डेभलपमेन्ट बैंक, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र दिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

आज सप्तकोशी डेभलपमेन्ट बैंकका सेयरधनीले भने ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.