आजको पञ्चाङ्ग
काठमाडौं । २०८१ फागुन ५ गते, साेमवार, १७ फेब्रुवरी २०२५। फाल्गुण कृष्णपक्ष पञ्चमी तिथि। चित्रा नक्षत्र। चन्द्रराशि कन्या, १६ः३४ बजेपछि तुला।
आजको राशिफल
मेष : दिन राम्रो छ। गुमेको सम्पत्ति प्राप्त हुनेछ। रोगविरुद्ध विजय प्राप्त हुनेछ। विपक्षीसँग सचेत भएर अगाडि बढ्नुपर्ने समय छ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ। प्रेम बढ्ने योग छ।
वृष : बोलीका कारण महत्त्वपूर्ण काम बन्नेछ। सञ्चित धन खर्च भए पनि इज्जत र प्रतिष्ठाको बढुवा हुनेछ। राजनीतिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
मिथुन : सानो कुराले मन अशान्त बन्नेछ। खानपानको ख्याल नगर्दा रोगले सताउने छ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सचेत भएर अगाडि बढ्नुपर्नेछ। संकटमा परिवारको साथ मिल्नेछ।
कर्कट : दिन सामान्य छ। एकल काममा भन्दा संयुक्त लगानीमा फाइदा हुनेछ। संयुक्त रुपमा गरेको कामबाट फाइदा हुनेछ। परिवारको साथ लिएर अगाडि बढ्नुपर्ने दिन छ। पिपलको दर्शन मात्र गरेर दिनको सुरुवात गरेमा सफलता मिल्नेछ।
सिंह : धनलक्ष्मी योग परेको छ। परिवारको सल्लाह लिएर अगाडि बढ्नुहोला। विपक्षी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ। भाग्यको स्थानमा बृहस्पति बसेकाले अभिभावकसँग सल्लाह लिएर अगाडि बढ्दा दिन सहज बन्नेछ।
कन्या : तपाईंको राशिमा चन्द्रमा पुगेकाले मनमा शान्ति मिल्नेछ। विपक्षी भनेका साथीले प्रशंसा गरेको सुन्नुपर्ने दिन छ। परिवारमा रमाइलो घुमघामको तय हुनेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ।
तुला : खर्च बढ्ने दिन छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। सहकर्मीले नै अप्ठेरो ठाउँमा धकेल्ने भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।
वृश्चिक : दिन सहज छ। आम्दानीको स्रोतको सदुपयोग गर्नुपर्ने समय छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा गम्भीर समस्या हुनसक्छ। शिक्षाको क्षेत्रको प्रयास सफल बन्नेछ। परिवारसँगै बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।
धनु : राज्यको सेवामा भए बढुवा हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। पुरानो रोगले सताउने भएकाले औषधी नियमित गर्नुपर्ने समय आएको छ। परिवारलाई मात्र विश्वास गर्दा संकट आइपर्ने जोखिम देखिन्छ।
मकरः शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। साथीसँग रमाउँदा खर्च बढ्नेछ। दान गरेर दिनको सुरुवात गरेमा अन्त्य साढेसाती दशाको दोषबाट मुक्त हुन सकिन्छ। परिवारमा थोरै बोलेर अगाडि बढ्नु उचित हुन्छ।
कुम्भ : दिन सामान्य छ। मध्य साढेसाती दशाका कारण मन अशान्त बन्नेछ। गुरुसँग आर्शिवाद लिएर अगाडि बढ्नु उचित हुनेछ। धार्मिक कार्यमा सक्रिय भएर दिनको सुरुवात गर्नुपर्ने दिन छ। परिवारको सल्लाह लिएर अगाडि बढ्नुपर्ने समय छ।
मीन : मन शान्त रहनेछ। गुरुको साथ मिल्ने योग छ। सुरुवाती साढेसाती शनिदशा चलिरहेकाले सोचेर बोल्नुपर्ने छ। सञ्चित धन खर्च हुनेछ। सन्तान सुखले मनमा खुशी मिल्नेछ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।