मकवानपुर । काठमाडौं-कुलेखानी-फाखेल-हुमाने सडक स्तरोन्नति गर्न आजदेखि बन्द भएको छ ।
अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।
उनले सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन् । कुलेखानी- सिस्नेरी, कान्तिलोकपथ, त्रिभुवन राजपथ, पूर्व-पश्चिम राजमार्ग उक्त सडकका विकल्प हुन् ।
काठमाडौं-हेटौँडा जोड्ने छोटो दुरीको यो सडक स्तरोन्नतीको लागि भन्दै यसअघि पनि पटक पटक बन्द गरिँदै आइएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।